ग्यास लिकपछि आगलागी घटना: उपचारका क्रममा एकको मृत्यु, दुईको अवस्था गम्भीर

ग्यास लिकपछि आगलागी घटना: उपचारका क्रममा एकको मृत्यु, दुईको अवस्था गम्भीर

सिमरा : बाराको डुमरवानामा गत शुक्रबार खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका सात जनामध्ये एकजनाको मृत्यु भएको छ। काठमाडौं साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बुधबार बिहान २८ वर्षीया ज्ञानिमाया मोक्तानको मृत्यु भएको हो । कीर्तिपुर बर्न सेन्टरमा उपचाररत मोक्तानलाई मंगलबार साँझ सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। 

कीर्तिपुर अस्पतालको आइसीयुबाट निकालिएपछि परिवारले उनलाई साँखु लगेका थिए। मोक्तानको बिहान ३ बजे मृत्यु भएको आफन्तले जानकारी गराएका छन्। मोक्तानसहित घटनामा जलेर घाइते भएका सातैजनाको कीर्तिपुरमै उपचार भइरहेको थियो। 

कीर्तिपुर बर्न सेन्टरमा ५२ वर्षीया दिलमाया स्याङतान, २८ वर्षीया सुकुमाया भोलन, ६७ वर्षीय नजरमान थिङ, उनका ३२ वर्षीय छोरा बहुतमान थिङ, नजरमानकै साइली बुहारी २८ वर्षीया अनिता थिङ र २६ वर्षीया कमलीमाया थिङको अहिले उपचार भइरहेको छ। 

उपचाररतमध्ये दिलमाया र सुकमायाको अवस्था भने गम्भीर रहेको छ। उनीहरुलाई पनि आइसीयुबाट वार्डमा सारिएको छ । सुकमाया चार महिनाका गर्भवती हुन्। शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका उनीहरुको आइसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकलाई उद्धृत गर्दै घाइतेका परिवारले दिलमाया र सुकमायाको स्वास्थ्यमा सुधार आउने सम्भावना कम रहेको बताएका छन्। 

अन्य घाइते नजरमानसहित बहुतमान, अनिता र कमलीमायाको स्वास्थ्यमा सुधार भइरहेको स्थानीय कुन्साङ थिङले जानकारी दिएका छन्। घाइतेको उपचारमा हालसम्म ७ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जानकारी दिए।

घटनालगत्तै घाइतेको उद्धार र उपचारका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले दुई लाख उलपब्ध गराएको थियो। घाइतेको उपचारका स्थानीयस्तरमा सहयोग संकलन भइरहेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-१४ का स्थानीयले १ लाख ३० हजारभन्दा बढी रकम संकलन गरेर परिवारले हस्तान्तरण गरेका छन् । घाइते परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भइरहेको -१४ का अध्यक्ष रामशरण बर्तौलाले जानकारी दिए।

डुमरवानास्थित स्याउली बजारमा ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका चारसहित सातजना घाइते भएका थिए। घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

नजरमानकी बुहारी सुकुमायाले बिहान खाजा बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भइ आगलागी भएको थियो। चुलो बाल्ने क्रममा भान्सामा आगो फैलिएको र उनलाई बचाउन जाने क्रममा अन्य ६ जना जलेर घाइते भएका थिए। सुकमायाको घरमा सोही दिन अमर ग्यासको नयाँ सिलिण्डर जोडिएको थियो। 

घटनापछि ग्यास उद्योगको लापरवाही रहेको भन्दै घाइतेको परिवार र स्थानीयले जीतपुरमा रहेको अमर ग्यासविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। घाइतेको उपचार र पीडित परिवारलाई क्षतिपूर्तिका लागि उद्योग प्रशासन र स्थानीयबीच क्षतिपूर्तिका  विषयमा छलफल भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.