कोशी नदीमा नुहाउन पसेका बालकको डुबेर मृत्यु
राजविराज : गाई चराउन गएको बेला नुहाउन भन्दै कोशी नदीमा पसेका एक बालकको डुबेर मृत्यु भएको छ ।
कोशी नदीको बगरमा गाई चराउँदै गरेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनिया बस्ने १२ वर्षीय आशिक मन्सुरीको मृत्यु भएको हो । बिहीबार दिउसो अत्याधिक गर्मीका कारण नुहाउन भन्दै मन्सुरी कोशी नदीमा हाम्फालेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
डुबेर बेहोस भएका मन्सुरीको उपचारका क्रममा दिउँसो ३ः१० बजे स्थानीय मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।
सुनसरीको हरिनगर गाउँपालिका–१ घर भएका मो. जिबराईल मन्सुरीका छोरा आशिक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियास्थित मामा ईशाक मियाको घरमा बस्दैआएका थिए ।