पोकेमोनको यात्रा

पोकेमोनको यात्रा

पोकेमोन एनिमेसन गरिएको जापानी कार्टुन सिरिज हो। जापानी शब्द ‘पकेट मोन्सटर’को संक्षिप्त रूप हो, ‘पोकेमोन’। ‘पोकेमोन द सिरिज’को नामबाट यसलाई संसारभरि हेरिन्छ। यसलाई निन्टेन्डो क्रियचर्सले बनाएका हुन्। सन् १९९७ अप्रिल १ मा टीभी टोकियोबाट यसको प्रिमियर सो गरिएको थियो। यो सिरिज आजसम्म निरन्तर प्रसारण हुँदै आएको छ।

समयक्रमसँगै यसका लेखक र निर्देशक फेरिँदै आएका छन्। ताकेसी सुडो (सन् १९९७–२००६), अत्सुहिरो टोमियोका (२००६–२००९) र अया मात्सुइ (२०१६–हालसम्म) गरी तीन जनाले यसको लेखन गरिसकेका छन्।

कुनिहिको युमाया यसका मुख्य निर्देशक हुन्। मासामित्सु हिडाका (१९९७–२००६), नोरिहिको सुडो (२००६–२०१३), युजी आसादा (२०१३–२०१६) र डाइकी टोमियासु (२०१६–हालसम्म)ले पनि निर्देशन गरेका छन्।

पोकेमोन बालबालिकामाझ एकदमै लोकप्रिय कार्टुन हो। यसलाई झनै मीठो र सुमधुर बनाउन सिन्जी मियाजाकीले संगीत भरेका छन्। यो विश्वको एक सय २४ वटा देशमा प्रसारण हुन्छ। त्यसैले यसलाई अन्तर्राष्ट्रिय टीभी बजार अनुकूल बनाउँदै लगिएको छ।

जापानबाट सुरु भएको यो कार्टुन क्रमशः ६ सिरिजमा विभाजित छ। ती हुन् ‘पोकेमोन’ : मुख्य सिरिज, ‘पोकेमोन’ : एड्भान्स्ड जेनेरेसन सिरिज, ‘पोकेमोन’ः डायमन्ड पर्ल सिरिज, ‘पोकेमोन’ : द बेस्ट विसेज सिरिज, ‘पोकेमोन’ : ब्ल्याक एन्ड ह्वाइट, ‘पोकेमोन’ : द एक्सवाई सिरिज, ‘पोकेमोन’ः द सन् एन्ड मुन सिरिज (नयाँ सिरिज)। यी सिरिजलाई २२ वटा भागमा विभाजन गरिएको छ। सन् २०१८ सम्म संसारभर यसको एक हजार इपिसोड प्रसारण भइसकेका छन्। पोकेमोनको तीनवटा सिरिजका बारेमा संक्षिप्त जानकारी लिऊँ न त है :

पोकेमोन : द ओरिजिनल सिरिज

एस केच्चुम पोकेमोनका मुख्य नायक हुन्। ऊ १० वर्षको हुँदा पोकेमोनको दुनियाँमा ‘पोकेमोन मास्टर’ बन्ने सपना बुन्छ। त्यही सपना साकार पार्न उसले आफ्नो यात्रा सुरु गर्छ।

यो सिरिजमा एस एक दिन पोकेमोन बन्छ। पोकेमोन बनेको पहिलो दिन ऊ एकदमै गहिरो निद्रामा सुत्छ। बिउँझिँदा एकदमै त्रसित अवस्थामा देखिन्छ। ऊ पोकेमोन बनाउन सिकाउने प्रशिक्षकको खोजीमा हुन्छ। एक दिन प्रोफेसर ओकसँग उसको भेट हुन्छ। प्रोफेसर ओक स्थानीय पोकेमोन अनुसन्धानकर्ता हुन्छन्। उनले तीनवटा पोकेमोन टे«ेनर पहिले नै अरू कसैलाई दिइसकेका हुन्छन्। एस ओकको प्रयोगशालामा पुग्दा एउटा पिकाचु बाँकी रहेको हुन्छ। त्यो उनले एसलाई दिन्छन्। एसले पिकाचुलाई आफ्नो यात्राको साथी बनाउँछ।

पिकाचुलाई एसमाथि विश्वास हुँदैन। एक दिन भँगेराहरूले आक्रमण गरेपछि पिकाचुलाई एसले बचाउँछ। पिकाचुलाई एसले आफूलाई माया गर्छ भन्ने महसुस हुन्छ। त्यसपछि विश्वास गर्न थाल्छ र उसलाई साथ दिन्छ। एक दिन उनीहरूले रहस्यमय पोकेमोन भेट्छन्। त्यसपछि एस आफ्नो यात्रा सफल हुनेमा विश्वस्त हुन्छ।

यात्राका क्रममा एसले विभिन्न साथी बनाउँछ। उसले विभिन्न प्रतिस्पर्धा र युद्ध लड्दै, जित्दै जान्छ। कान्टो क्षेत्रमा रहेकाहरूले एसको प्रशिक्षक पिकाचुलाई चोर्न चाहन्छन् तर सक्दैनन्। उनीहरूको यात्रा जारी नै रहन्छ।

पोकेमोन : द एड्भान्स्ड जेनेरेसन सिरिज

मूख्य भागको अन्तमा एसले होन सहर छोड्छ। त्यसपछि मिस्टी कान्टोको सेन्टुलान सहरमा फर्किन्छ र त्यहाँको नेता बन्छ। यसपछि यो सिरिजको सुरुआत हुन्छ। ब्रोक एससँगै आउँछ र एसले आफ्नो भाइ मे र म्याक्सलाई पोकेमोनको नयाँ लिडर बनाउँछ। त्यसपछि उनीहरू मग्मा र अक्वा टिमसँग युद्ध गर्छन्। अनि यो सिजन सकिन्छ।

पोकेमोन : डायमन्ड एन्ड पर्ल सिरिज

कान्टोमा फर्किसकेपछि एस आफ्नो प्रतिद्वन्द्वी ग्यारीसँग युद्धमा सहभागी हुन्छ। यो सिजनको सुरुआतमा एसले ब्रोकसँग यात्रा गर्छ। त्यसैगरी मे र म्याक्स आफ्नो तरिकाले यात्रा गर्छन्। एस र ब्रोकले डनलाई भेट्छन्। त्यसैगरी अर्को पोकेमोनको संयोजक पनि उनीहरूसँगै यात्रा गर्छ। त्यहाँ गएर उनीहरूले साइरस र उसको टोलीलाई युद्धमा जित्नुपर्ने हुन्छ। यसरी यो सिजन पनि सकिन्छ।

प्रस्तुति - इन्द्र चौधरी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.