काठमाडौं–केरुङ रेलमार्ग : नेपाली टोली चीन जाँदै

काठमाडौं–केरुङ रेलमार्ग : नेपाली टोली चीन जाँदै

काठमाडौं : काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न नेपाली टोली सोमबार चीन जाँदैछ। भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वमा ७ सदस्यीय टोली रेल्वे कनेक्टिभिटी, मानवीय स्रोत विकास र पूर्वाधार निर्माणलगायत विषयमा छलफल गर्न चीनको राजधानी बेइजिङ जान लागेको हो।

टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल र प्रवक्त्ता राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्रा, प्रवक्त्ता अमन चित्राकार तथा अर्थ मन्त्रालय र पराष्ट्र मन्त्रालयका एक÷एक प्रतिनिधि सहभागी हुनेछन्। टोलीमा चीनस्थित नेपालको राजदूतावासका प्रतिनिधि पनि सहभागी हुनेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्त्ता ज्ञवालीले रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न ५ दिनको चीन भ्रमणमा जान लागिएको जानकारी दिए। भ्रमणको मुख्य एजेन्डा काठमाडौं–केरुङ रेल मार्ग हुनेछ। काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणका विषयमा पनि छलफल हुनेछ। पूर्व–पश्चिम रेलमार्गको डीपीआर तयार भएर निर्माणको चरणमा छ। जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न भएर रेल खरिद प्रक्रिया अन्तिम चरणमा छ। काठमाडौं–केरुङको डीपीआर निर्माणका विषयमा छलफल हुनेछ। रेल सञ्चालन गर्न कमचारीलाई तालिम दिने विषयमा छलफल हुने ज्ञवाली बताउँछन्।

२०७५ मंसिरमा नेपाल भ्रमणमा आएको चीनको नेसनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोलीले काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो।

रसुवागढी सिमा नाकादेखि काठमाडौंसम्मको दूरी पनि ७२.२५ किलोमिटर हुने प्रतिवेदनमा उल्लेख छ। रेलमार्ग निर्माण गर्न करिब ३ अर्ब रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ। रेलमार्गको ९८.५ प्रतशित खण्ड पुल तथा सुरुङमा रहनेछ। यसमा चारवटा स्टेसन रहनेछ भने सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। आयोजना सम्पन्न गर्न ९ वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ। रेलमार्गको विस्तृत सम्भाव्ता प्रतिवेदन (डीपीआर) निर्माणमै अर्बैं रुपैयाँ लाग्ने देखिएको छ।

नेपालले अनुदानमा डीपीआर तयार गरिदिन चीनलाई अनुरोध गर्ने तयारी गरेको छ। तर, चीन भने अनुदानमा नभइ ऋण सहयोगमा डीपीआर तयार गर्न इच्छुक छ। यस भ्रमणले डीपीआरको विषयमा केन्द्रित हुने मन्त्रालयले जानकारी दिएको छ। यो नेपाल र चीनबीचको केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषय चौथो छलफल हो। सन् २०१७ नोभेम्बरमा चिनियाँ टोली रेलमार्ग अध्ययनका लागि नेपाल आएको थियो। उत्ताm टोलीले मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन र छलफल गरेको थियो।

भ्रमणको मुख्य एजेन्डा काठमाडौं–केरुङ रेल मार्ग निर्माण हुनेछ।

प्रधानमन्त्री केपी ओलीले २०७२ चैतमो चीनसँग व्यापार तथा पारवहन गरेका थिए। त्यो सम्झौतमा काठमाडौं–केरुङ रेलमार्ग पनि समावेश थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ वैशाखमा गरेको चीन भ्रमणका क्रममा पनि डीपआिर अघि बढाउने विषयमा छलफल भएको थियो। चीनको महत्वकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा समेत यो रेलमार्ग परेको छ।

चीनले सिगात्सेदेखि केरुङ जोड्ने ५ सय किलोमिटर लामो रेलमार्ग निर्माण सुरु गर्ने तयारी गरिरहेको छ। केरुङलाई चीनले महत्वपूर्ण ‘पोर्ट’ मानेको छ। केरुङलाई दक्षिण एसिया र तिब्बत जोड्ने महत्वपूर्ण मार्गका रूपमा हेरिएको छ । ल्हासा–केरुङ खण्डअन्तर्गत नै सिगात्सेसम्म रेलमार्ग निर्माण हुनेछ । सांघाई–ल्हासा रेल्वे विस्तारका क्रममा ल्हासाबाट सिगात्सेसम्मको रेल्वे सन् २०१४ देखि नै सञ्चालनमा आइसकेको छ । सन् २०२२ सम्म रेलमार्ग केरुङसम्म ल्याउने चीनको योजना छ। त्यसैले पनि चीन केरुङलाई काठमाडौं हुँदै भारतको सिमाना लुम्बिनीसँग रेलमार्ग जोड्न चासो देखाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.