दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैंचा र सुनवर्षी नगरपालिकामा भएका अलग-अलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैंचा–३ मा सोमबार बिहान भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च १८६१ नम्बरको म्याजिक भेनको ठक्करबाट अनियन्त्रित बनेको को २२ प २४८४ नम्बरको स्कुटर सडकमा गुडिरहेको को १ ख ३५०५ नम्बरको ट्रकमा गएर ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटरको पछाडि सवार पथरीशनिश्चरे नगरपालिका–८ की २८ वर्षीय यमुना बास्तोलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार घटनामा घाइते भएकी बास्तोलको उपचारका क्रमममा नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक नानीमैया लिम्बू र उनका ६ वर्षीय छोरा गोविनको नोवेलमै उपचार भइरहेको छ ।  

त्यस्तै रंगेली–विराटनगर सडकखण्ड अन्तर्गत सुनवर्षी नगरपालिका–९ भेडुवाथान नजिकै आइतबार राति १० बजे भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरमा को ५ प ११७९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । 

उनका अनुसार दुर्घटनामा सुनवर्षी–४ अमरदहका ४५ वर्षीय दिलिपकुमार विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.