बझाङ जीप दुर्घटना अपडेट : १० जनाको मृत्यु,  पाँच घाइते

बझाङ जीप दुर्घटना अपडेट : १० जनाको मृत्यु,  पाँच घाइते

बझाङ : बझाङ सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्। जीपको गेयर नलाग्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका र १७ वर्षका छोरा सुनील खड्काको मृत्यु भएको छ।

यस्तै सोही वडाका २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए।

चैनपुरबाट गएको प्रहरी टोलीले भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको छ। वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक महानन्द जोशीले भीरमा अड्किएका घाइतेको तीन घण्टालगाएर उद्धार गरिएको बताए।

‘जीप भीरमा अड्किएको थियो। मान्छेहरू यत्रतत्र छरिएका थिए। उद्धारमा एकदमै कठिनाइ भयो’, सई जोशीले भने।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ। यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ।

दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएर घाइतेको उद्धार गरेको हो। हुम्लामा रहेको सिम्रिक ऐयरको हेलिकप्टरले दुर्घटनास्थलमै गएर दुईजना घाइतेलाई चैनपुरस्थित जिल्ला अस्पताल र तीनजना घाइतेलाई नेपालगञ्ज पुगाएको डीआईजी केसीले बताए।

घाइते पाँचैजना खतरामुक्त रहेको जानकारी बझाङका प्रमुख जिल्ला अधिकारी सुनारले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.