विभाग गठनको तयारीमा देउवा

विभाग गठनको तयारीमा देउवा

काठमाडौं : १४ औं महाधिवेशनको प्रक्रिया सुरु हुने बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागलगायत अन्य संरचना गठनको गृहकार्य थालेका छन्। १३ आंै महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेका उनले साढे ३ वर्ष विभाग गठन नगरेकोमा पार्टी भित्र र बाहिर चर्को आलोचना हुँदै आएको छ।

कांग्रेसको जागरण अभियानको पहिलो चरणमा पार्टी संरचनाको अभाव खड्किएपछि देउवाले विभागसहित अन्य संरचना गठनको आन्तरिक छलफल थालेको उनीनिकट नेताले बताएका छन्। सहमहामन्त्री डा. प्रकाशशरण महतले विभाग गठनदेखि प्रादेशिक संरचना निर्माणमा कसरी जानेमा सभापति देउवाले पार्टीभित्र विमर्श थालेको बताए। देउवाले विभाग गठन क्रममा वरिष्ठ नेता पौडेललाई ४० प्रतिशत नाम दिन आग्रह गरिसकेको सहमहामन्त्री महतले अन्नपूर्णसँग बताए।

वरिष्ठ नेता पौडेलनिकट एक नेताका अनुसार सभापतिले नयाँ विधानअनुसार विभाग गठन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता पौडेलले अस्वीकार गरेका छन्। पौडेलले यतिबेला विभाग गठन गर्नुभन्दा अधिवेशनको प्रक्रिया थाल्न आग्रह गरेका छन्। कांग्रेसको महाधिवेशन आगामी चैतसम्म गर्नु पर्नेछ। विशेष परिस्थितिमा एक वर्ष थप गर्न सक्ने प्रावधानमा टेकेर देउवा आफ्नो कार्यकाल लम्बाउने दाउमा छन्। केन्द्रीय सदस्य प्रदीप पौडेलले एक वर्ष थपे पनि महाधिवेशनको प्रक्रिया सुरु गर्न ढिलाइ गनु नहुने बताउँछन्।

‘कांग्रेसको महाधिवेशन प्रकिया एक वर्ष अगाडि सुरु गर्ने प्रावधान छ’ पौडेल भन्छन्, ‘अहिले आएर विभाग गठन गर्नुभन्दा दसैं तिहारपछि तल्लो तहको अधिवेशन सुरु गर्ने तयारी गर्दा पार्टीलाई फाइदा हुन्छ।’ देश संघीय संरचनामा अभ्यासमै गएर निर्वाचनसमेत भइसक्दा कांग्रेसको संरचना पुरानै रहेको भन्दै आलोचना हँुदै आएको छ। पार्टीको जागरण अभियानमा समेत स्थानीय तहका नेता कार्यकर्ताले पार्टी संरचनामा केन्द्रले ध्यान नदिएको गुनासो गरेका थिए।

जेठ २५ गते पहिलो चरणको जागरण अभियान सकेको कांग्रेसको दोस्रो चरणको अभियान भदौ–असोज हुनेछ। कांग्रेसको नयाँ विधानले केन्द्रमा २८ र एउटा प्रदेशमा २२ का दरले सातै प्रदेशमा गरी कुल १ सय ८२ विभाग परिकल्पना गरेको छ। विधानअनुसार केन्द्रमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ। सभापति देउवा इतर पक्षको बुझाइमा ३ वर्ष गठन नगरिएका विभाग महाधिवेशन नजिकिँदै गरेका बेला गठन गर्दा महाधिवेशन नै प्रभावित पार्न सकिन्छ।

विभागसँगै कांग्रेसका भ्रातृ संस्थाको स्थितिसमेत नाजुक रहेको आलोचना हँुदै आएको छ। गएको माघमा नेविसंघको कार्यसमिति विघटन भएपछि त्यसको नयाँ निर्णय पार्टीले गर्न सकेको छैन। तरुण दल ४ जनाका भरमा चलिरहेको छ भने अन्य भ्रातृ संस्थासमेत समयानुसार अद्यावधिक गर्न नसकेकोमा पार्टीको आलोचना हुँदै आएको छ। केन्द्रीय सदस्य नवीन्द्रराज जोशी पार्टी संगठनप्रति केन्द्रीय नेतृत्व गम्भीर हुने बेला आइसकेको बताउँछन्। जागरण अभियानका क्रममा गाउँगाउँमा स्थानीय नेता कार्यकर्ताले पार्टी संगठन किन कमजोर भएको भन्दै नेतृत्वको आलोचना गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.