हायातको सेयरमा आकर्षण

हायातको सेयरमा आकर्षण

काठमाडौं : ६ दिनदेखि बन्द पाँचतारे होटल हायात रिजेन्सीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। कर्मचारीको आन्दोलनले जेठ ३० गतेदेखि बन्द रहेको हायातको सेयर मंगलबार सबैभन्दा धेरै कारोबार भएको छ। हायातको सेयर एक लाख ३८ हजार सात सय ५३ कित्ता खरिदबिक्री भएको छ। त्यसमा ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हायातको अन्तिम कारोबार मूल्य तीन सय १२ रुपैयाँ छ भने मंगलबार यसको सेयर २.८ प्रतिशत तथा ९ रुपैयाँले मूल्य घटेको हो।

मंगलबार हायातको सेयर बिक्री गर्नेभन्दा खरिदकर्ताको चाप धेरै छ। खरिदकर्ताको चाप धेरै भए पनि बजार मूल्यभन्दा सस्तोमा खरिद गर्नेको संख्या धेरै छ। सामान्यतया खरिदकर्ता धेरै हुँदा सेयरको मूल्य बढ्ने गर्छ।

सेयर विश्लेषक प्रकाश रजैलीका अनुसार हायातमा देखिएको विवादले व्यवस्थापक परिवर्तन हुने सम्भावना देखेर लगानीकर्ताले सेयर खरिद गरिरहेका छन्। ‘हायातमा सरकारको पनि सेयर स्वामित्व छ। सरकारले नयाँ व्यवस्थापक नियुक्त गर्न सक्ने कुनै समूहले सूचना पाएको हुन सक्छ’, रजैलीले भने, ‘सेयर संख्या बढाएर व्यवस्थापन लिनेले पनि सेयर खरिद गरेका हुन सक्छन्।’ हायात बन्द रहेकाले सेयर डुब्ने डरले पुराना लगानीकर्ताले बिक्री गरिरहेका छन्। घट्दो मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताको पनि यसमा आकर्षण छ।

हायात होटल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा आएको हो। यसमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिको ३९ प्रतिशत तथा सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको लगानी छ। पछिल्लो समय हायात सरकारी जग्गा र समितिको सेयर अंश घटेको विषयमा तानिँदै आएको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

साथै पछिल्लो समय कर्मचारीको आन्दोलनका कारण हायात बन्द छ। सन् २००४ देखि २०१८ सम्म भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हायातका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। हायातले माग सम्बोधन नगरेसम्म काममा नफर्किने कर्मचारीको अडान छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हायातको ७४ लाख ४९ हजार आठ सय ७५ कित्ता सेयर सूचीकृत छ। हायातको दुई अर्ब ३२ करोड ४३ लाख ६१ हजार रुपैयाँको बजार पुँजीकरण छ।

२.२३ अंकले घट्यो पुँजीबजार

पुँजीबजार मंगलबार २.२३ अंकले घटेको छ। ०.८ प्रतिशतले घटेको नेप्से परिसूचक १२५८.६६ अंकमा झरेको छ। एक सय ७७ कम्पनीको १२ लाख २६ हजार ६ सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ। ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सको परिसूचक बढेको छ। बैंक ०.४४, विकास बैंक १.४६ र माइक्रोफाइनान्स ४.८५ अंकले बढेको छ। होटल १३.८६, जलविद्युत् १.४, वित्तीय २.१३, उत्पादनमूलक २१.६, अन्य ५.४४, लाइफ इन्स्योरेन्स ५०.४१, म्युचुअल फन्ड ०.०७ अंकले घटेको छ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.९४ प्रतिशतले बढेको छ। समता लघुवित्तको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.