अवण्डा रकममा वितण्डा

अवण्डा रकममा वितण्डा

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको २०७६÷७७ को बजेटमा राखिएको अवण्डा रकमले वितण्डा मच्चाउने आशंका व्यक्त गर्दै प्रतिपक्षी दलले विरोध गरेको छ। बजेटमाथि बुधबार भएको छलफलमा नेकपाका सांसद दिलिप साहले प्रदेश सरकारले चलाखीपूर्ण हिसाबले आन्तरिक भागबण्डा गरेको आरोप लगाए। उनले भने, ‘सरकारको अवण्डा बजेटले न त संघीयता बलियो हुन्छ, न त मधेश समृद्ध नै। के बेटी बचाउ बेटी पढाउ अभियानमा साइकल बाँडेर प्रदेश समृद्ध हुन्छ ? ’

साहले संघीय सरकारले विभेद गर्‍यो भने पनि प्रदेश सरकारले त जनतासँगै विभेद गरेको आरोप लगाए। अहिलेको बजेटले मधेस आन्दोलनको बाटो बिरायो भन्नु ? ’, उनले प्रश्न गर्दै भने, ‘अवण्डा रकम राखेर आफ्नो पार्टी र कार्यकर्ता पाल्ने दाउ हो, बेलैमा सरकार नसच्चिए हामी रोष्टम चल्न दिँदैनौं।’ नेकपाकै अर्का सांसद रामचन्द्र मण्डलले बजेटमा सबै क्षेत्रलाई समेट्ने खोजे पनि गौरवको आयोजनालाई गुमाएको बताए। उनले सरकारको बजेटले जनता गरिबीको रेखामुनि धकेलिएको आरोप लगाउँदै अवण्डा रकमले प्रदेशलाई समस्यामा पार्ने बताए। उनले भने, ‘२७ वटा शीर्षकमा पैसा छुट्याइएको छैन, यसले भ्रष्टाचार निम्त्याउँछ र प्रदेश बर्बाद हुन्छ, जनता गरिब नै रहन्छन् अनि नेता धनी !’

सत्ताधारी दल समाजवादीका उपनेता रामअशिष यादवले बजेटको बचाउ गर्दै संघले प्रदेश र स्थानीय सरकारलाई १५÷१५ प्रतिशत बजेट दिएर समानान्तर सरकार चलाउन खोजेको आरोप लगाए। राजपा नेपालकी सांसद डा. रिना यादवले बजेटमा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानका लागि ठूलो रकम खर्चेर पनि जिल्लामा लागू नभएको बताइन्। उनले चुरे जोगाउ मधेश बचाउ अभियानमा ५ करोड रकम हाँस्यापद रहेको बताइन्। नेकपाका सांसद डिल्ली उप्रेतीले समाजवादी पार्टीको सरकारले समाजवादभन्दा वितरणवाद बजेट वितरण गरेको बताए। उनले प्रदेशको नानी र पानी बचाउन चुरे संरक्षणमा जोड दिँदै प्रदेशलाई देशकै १ नम्बर बनाउन नीति र नियत ठीक हुनुपर्ने बताए।

कांग्रेसकी सांसद मञ्जु यादवले बजेट प्रदेशको गोलमाल बजेट समृद्धि सुखी नल्याउने दाबी गर्दै शासन–सुशासन बजेट पुलन्दा देखिएको बताइन्। समाजवादी पार्टीका सांसद पारसप्रसाद साहले बजेटले हरेक क्षेत्रलाई समेटे पनि उत्पादनमुखीभन्दा पनि प्रतिउत्पादनमुखीमा बढी खर्च देखिएको बताए।

नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले गत वर्षभन्दा यस वर्षको बजेटमा कुनै उत्साह नदेखिएको बताए। उनले भने, ‘वितरणमुखी बजेटले जसरी विकासको बम्पर धमाका चलिरहेकै छ, अब यो अवण्डा रकमले अझ ठूलो बम्पर धामाका आउने पक्का छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.