बाबुबाटै छोरीको बलात्कार ! कता जाँदै छ समाज ?

बाबुबाटै छोरीको बलात्कार ! कता जाँदै छ समाज ?

घटना-१ : केही दिनअघि मात्र ललितपुरको गोदावरीस्थित विद्यालयको आवासगृहमा बस्ने १३ वर्षीया बालिका आफ्नै सानोबुबाबाट पटक-पटक बलात्कृत भएको खुल्यो।

गत शनिबार पनि सानोबाबुले उनलाई आवासगृहबाट गोदावरीको एक होटलमा पुर्‍याई अप्राकृतिक मैथुन गर्न लगाएपछि सानुबाबुलाई प्रहरीले पक्राउ गर्‍यो। पीडित बालिकाले गत दसैं र चैत्र महिनामा पनि विभिन्न प्रलोभनमा जबरजस्ती बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटो समक्ष बताएकी छन्। 

प्रहरीले कसुरदार सानोबाबुलाई गत ३० गते गोदावारीको किटिनीबाट पक्राउ गरिसकेको छ। उनले आरोप स्वीकार गरेका छन्। 

घटना-२ : गत जेठ २८ गते एक केन्द्रीय मन्त्रालयका उपसचिव आफ्नै छोरीलाई जबरजस्ती गरेको आरोपमा पक्राउ परे। महोत्तरी घरभई हाल ललितपुर बस्दै आएका उपसचिवमाथि महानगरीय प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिहरेको छ। उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुले जनाएको छ। प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परेका थिए। 

घटना-३ : घटना ओखलढुंगा जिल्लाको हो। सुनकोसी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरे।  जिल्ला अदालत ओखलढुंगाले उनलाई गत फागुनमा ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनायो। गत असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे। 

बलात्कारबाटै ठूलोरुप लिएको निर्मला प्रकरण जस्ता कयौं घटना हामीमाझ अहिलेपनि ताजै छन्। प्रहरीको तथ्यांक हेर्ने हो भने पछिल्ला वर्षमा महिलाविरुद्ध हुने अपराधको सूचक उकालो लागेको देखिन्छ। जसमा बलात्कार मुख्य हो। 

बलात्कारको सूचक

समाज विकाससँगै महिलामाथि हुने अपराध कम हुनुपर्ने हो। तर, अपराध घट्नुको साटो बढिरहेको छ। नेपाल प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग अन्तर्गत पर्ने महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांक अनुसार २२ वर्षअघि भन्दा अहिले बलात्कारका घटना उल्लेख्य मात्रामा बढिरहेका छन्।

२०५३/५४ सालमा ११२ बलात्कारका मुद्दा प्रहरीसामु आएको तथ्यांक छ। तर, २२ वर्षपछि ०७४/७५ सालमा आइपुग्दा बलात्कारका मुद्दा बढेर १४ सय ८० पुगिसकेको निर्देशनालयको तथ्यांकमा छ। 

०५४/५५ सालमा १८१, ०५५/५६ मा १४१, ०५६/५७ मा १८६, ०५७/५८ मा १२२, ०५८/५९ मा १२९ र ०५९/६० मा १५७ वटा बलात्कारका मुद्दा प्रहरीसामु आएको तथ्यांकले देखाएको छ।

त्यस्तै ०६०/६१ सालमा १५४ वटामै सिमित हरेका बलात्कारका मुद्दा त्यही वर्षबाट लगातार बढिरहेको देखिन्छ। ०६१/६२ मा १८८, ०६२/६३मा १९५, ०६३/६४ मा ३१७, ०६४/६५ मा ३०९, ०६५/६६ मा ३९१, ०६६/६७ मा ३७६, ०६७/६८ मा ४८१, ०६८/६९ मा ५५५, ०६९/७० मा ६७७, ०७०/७१ मा ९१२, ०७१/७२ मा ९८१, ०७२/७३ मा १ हजार ८९, ०७३/७४ मा १ हजार १३१ वटा बलात्कारका मुद्दा प्रहरी समक्ष आएको तथ्यांकमा उल्लेख छ।  

२२ वर्षभित्र बलात्कारका प्रयास पनि उल्लेख्य बढेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। २०५३/५४ सालमा ३४ बलात्कारका मुद्दा प्रहरीसामु आएको तथ्यांक छ। तर, ०७४/७५ सालमा आइपुग्दा बलात्कार प्रयासका मुद्दा बढेर ७२७ मा पुगिसकेको निर्देशनालयको तथ्यांकमा छ। 

०५४/५५ सालमा ३४, ०५५/५६ मा १८, ०५६/५७ मा ३३, ०५७/५८ मा ३५, ०५८/५९ मा २१ र ०५९/६० मा १८ वटा बलात्कार प्रयासका मुद्दा प्रहरीसामु आएको सोही तथ्यांकले देखाएको छ।

त्यस्तै ०६०/६१ सालमा १९ वटामै सिमित हरेका बलात्कारका मुद्दा त्यही वर्षबाट लगातार बढिरहेको देखिन्छ। ०६१/६२ मा २५, ०६२/६३ मा ३८, ०६३/६४ मा ७०, ०६४/६५ मा ७३, ०६५/६६ मा ७५, ०६६/६७ मा १०१, ०६७/६८ मा १५१, ०६८/६९ मा १५६, ०६९/७० मा २४५, ०७०/७१ मा ४१४, ०७१/७२मा ५६२, ०७२/७३ मा ४५२, ०७३/७४मा ५३६ वटा बलात्कार प्रयासका मुद्दा प्रहरी समक्ष आएको तथ्यांकमा उल्लेख छ।  

बदलिँदो समाज, बदलिँदो अपराध

समय बदलिएसँगै बलात्कारका अपराधमा पनि बदलाव आएको छ। यस्ता अपराधसँग जुध्नको लागि त्यही किसिमको अध्ययन गर्नुपर्ने जानकार बताउछन्। 

‘पहिले-पहिले उमेर पुगेका महिला मात्र बलात्कृत हुन्थे, अहिले दुधे शिशुदेखि बयोवृद्धासम्म बलात्कार जस्तो अपराधको सिकार हुन थालेका छन्, यो सबै समाज परिवर्तनको कारणले भएको हो’,पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्,‘तथ्यांक हेर्ने हो बढी मात्रामा बालिका बलात्कृत हुने गरेका छन्, यसलाई रोक्न धेरै कुरा गर्नुपर्ने छ तर अहिलेसम्म केही भएको छैन।’ 

बालात्कार बढ्नुको कारक समाजभित्रै खोज्नुपर्ने मल्ल बताउँछन्। ‘हाम्रोमा बढ्दै गएको अपराधबारे कुनै अध्ययन गर्ने चलन छैन, पछिल्लो समय बलात्कारसँगै बढ्दै गएको हत्यालाई सबैले बेवास्ता गरिहरेका छन्, यो अपराध हरेक वर्ष भयानक बन्दै गएको छ’, उनी भन्छन्,‘एक दशकको द्वन्द्वले समाजलाई भड्काइदिएपछि अपराधमा पनि नयाँ रुप देखिएका छन्। तर, सम्बन्धीत निकयले यसबारे अध्ययनको खाँचो नै देखेको छैन।’

महिलासँग जोडिएको अपराधलाई छुट्टै समूहले छुट्टै तरिका अध्ययन अनुसन्धान गरे मात्र यसमा नियन्त्रण हुने मल्ल बताउँछन्। ‘हामी बलात्कारका घटनामा उजुरी दिनेको संख्या बढ्यो भनेर त्यसैमा अड्किएका छौं तर फरक तरिकाले अपराध बढिरहेको छ भन्ने कुरामा ध्यानै पुर्‍याउन सकेका छैनौं’,उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.