अमेरिकामा फिल्म देखाएर उठेको रकम दुर्गमका स्कुललाई

अमेरिकामा फिल्म देखाएर उठेको रकम दुर्गमका स्कुललाई

अमेरिका : न्यूयोर्कबाट प्रकाशित हुँदैआएको ‘एभरेस्ट टाइम्स’पत्रिकाले नेपालको दुर्गम जिल्लाका विद्यालयलाई सहयोग गर्दैआएको छ ।

अमेरिकामा काठमाडौं ईन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल (किम्फ) आयोजना गरी यसबाट उठेको रकमले दुर्गम जिल्लाका विद्यालयलाई सहयोग गर्दैआएको पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पा बताउँछन् ।

नेपालको ग्रामीण भेगको वास्तविक कथावस्तु समेटेर बनाइएका विभिन्न डकुमेन्ट्री किम्फमा देखाइन्छ । यस पटक सुपरमङ्क, मरिसकेको मान्छे, तातिनी, माउन्टेनमदर, डोल्पा डायरी र कथा ७२ जस्ता चलचित्र प्रर्दशन गरिएको थियो ।

त्यसो त, पाँच वर्षदेखि काठमाडौं ईन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल र नेपालमा हिमाल एसोसियसनसँगको सहकार्यबाट सहयोग गर्दैआएको हो । यस पटकको किम्फमा भने कलेजमा अध्ययन गर्ने विद्यार्थी साथै अन्य मुलुकका दर्शक पनि सहभागी थिए । एभरेस्ट टाइम्सले हरेक वर्ष अमेरिकामा आयोजना गर्ने किम्फबाट उठ्ने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गदै आइएको हो ।

उक्त पत्रिकाले सोलुखुम्बु जिल्लाको चाँगेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गा, सिन्धुपाल्चोकको जम्बीयाङ प्रावि र रामेछापको बाल्दिङ विद्यालयलाई सहयोग गरिसकेको छ ।

यस पटक किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको कुनै दुर्गम विद्यालयलाई दिने योजना रहेको जनाइएको छ । प्रधानसम्पादक शेर्पा भन्छन्, ‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्री देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.