जागरण अभियान समीक्षा गर्दै कांग्रेस

जागरण अभियान समीक्षा गर्दै कांग्रेस

काठमाडौं : कांग्रेसले जागरण अभियानको समीक्षासहित आन्तरिक मामिलामा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। असार २२ का लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

२५ वैशाखदेखि २५ जेठसम्म पहिलो चरणको अभियान सञ्चालन भएको थियो। अभियानका क्रममा जिल्लामा खटिएका केन्द्रीय सदस्यलाई कांग्रेसले १४ असारभित्र प्रतिवेदन दिन निर्देशन दिइसकेको छ। ७७ वटै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाएर कांग्रेसले स्थानीयस्तरका समस्या संकलन गरेको छ। भदौदेखि हुने दोस्रो चरणको अभियानअघि संगठन सुधारका प्रयास सुरु गर्नेे कांग्रेसको तयारी छ। प्रदेश, क्षेत्रीय र स्थानीय तह स्तरमा पार्टी संरचना नहुँदा अभियान चलाउन समस्या आएको थियो।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको विधानसहित समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ। नयाँ विधानअनुसारको नियमवाली यही बैठकबाट पारित गर्ने तयारी छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा नियमावली संशोधन मस्यौदा समिति बनाएको थियो। समितिले मस्यौदालाई अन्तिम चरणमा पु¥याएको छ। ‘हामीले आफ्नो कामलाई लिपिबद्ध गर्न लागेका छौ’, समिति सदस्य प्रदीप पौडेलले भने, ‘२२ गते बस्ने बैठकअगावै काम सकिन्छ।’ नियमावली नबनेकै कारण नयाँ विधान कार्यान्वयनमा आउन सकेको छैन। केन्द्रीय बैठकले नियमावली अनुमोदन गरेपछि नयाँ विधान कार्यान्वयनको बाटो खुल्नेछ।

दोस्रो चरणको अभियान सुरु गर्नुअघि पार्टीले तल्लो तहको संरचना खडा गर्नु अनिवार्य रहेको उनको भनाइ छ। ‘नत्र जागरण अभियान नगरे हुन्छ’, उनले भने, ‘दोस्रो चरणको अभियान प्रदेशस्तरीय भएकाले त्यहाँ संरचना अनिवार्य छ।’

पार्टी संरचना संघीयताको मोडलमा नढालेको भन्दै नेतृन्वको आलोचना हुँदै आएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई संघीय संरचनामा चाँडै ढालिने बताए। पछिल्लो समय सभापति शेरबहादुर देउवा पार्टी विभाग गठनको तयारीमा जुटेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.