वैकल्पिक शक्ति बन्ने राप्रपाको संकल्प : बीपीको मेलमिलाप नीति मार्गदर्शक सिद्धान्त

वैकल्पिक शक्ति बन्ने राप्रपाको संकल्प : बीपीको मेलमिलाप नीति मार्गदर्शक सिद्धान्त

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस र कम्युनिस्टको विकल्पमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बन्ने संकल्प गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले यस्तो संकल्प गरेको हो। 

  
‘संगठन निर्माण, समान विचार भएकास“ग एकता र जनसंघर्ष आगामी दिनमा राप्रपाको कार्यनीति हुनेछ’, बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बैठक पार्टीलाई कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प गर्दछ।’
 
कमल थापाको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकका पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र ७७ जिल्लाका जिल्ला अध्यक्ष सहभागी थिए।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी २०७७ जेठ महिनामा गर्ने समेत बैठकले निर्णय गरेको छ। उक्त बैठकले संसदमा पेश भएको गुठी विधेयक फिर्ता लिएको घटनालाई समेत सतर्कतापूर्वक स्वागत गरेको छ। 

‘धर्म, संस्कृति, परम्परा र जात्रा संस्कारको पक्षमा उपत्यकाका आम जनसमुदाय र विभिन्न राजनीतिक दल समेतले पार्टी भन्दामाथि उठेर प्रदर्शन गरेको ऐक्यवद्धता प्रति राप्रपा प्रसन्नतासहित धन्यवाद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘विवादास्पद गुठी विधेयक सरकारले लिने फिर्ता मात्रै होइन पूर्णरूपमा खारेज गरि धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकारवाला पक्षसँग घनिभूत छलफल र संवाद गर्न राप्रपा सरकारसँग माग गर्दछ।’ 

राप्रपाले पृथ्वी नारायण शाहको उपदेश, महेन्द्रको राष्ट्रवाद र बीपीको कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने समेत निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.