सांसदका बोलीमा ‘झुटप्रसाद’ देखि 'छेरबहादुर' सम्म (भिडियो)

सांसदका बोलीमा ‘झुटप्रसाद’ देखि 'छेरबहादुर' सम्म (भिडियो)

काठमाडौं : प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसका सांसदबीच जुहारी चल्यो। सात मन्त्रालयको विनियोजित विधेयकमाथि छलफल गर्न बसेको बैठकमा सांसदले एकअर्काको नेतृत्वलाई तल्लोस्तरमा झरेर गाली गरे।

कांग्रेस सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी ओलीलाई ‘झुटप्रसाद’ को उपमा दिएपछि नेकपा सांसद झपट रावल प्रतिरक्षामा उत्रिए। रावलले प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई 'छेरबहादुर' भन्न भ्याए।

संसद बैठकमा चौधरीले सरकार काण्डै काण्डमा फसेको आरोप लगाउँदै सिन्डिकेट हटाउँछु भन्ने सरकार आफैं सिन्डिकेटमा फसेको दाबी गरे। निरंकुशताको बाटोमा अघि बढेको भन्दै उनले सरकारले जनताले मूल्यांकन र प्रसंशा गर्न लायक कुनै काम नगरेको दाबी गरे।

‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको कामकारबाही हेर्दा सधैँ झुटको आश्वासन दिने भएकाले उहाँको नाम अब झुटप्रसाद राख्नुपर्छ’, उनले भने।

चौधरीले यति भनेपछि नेकपा सांसद रावल प्रतिरक्षामा उत्रिए। सभामुखसँग समय माग्दै उनले चौधरीलाई संसदीय मर्यादाको पाठ सिकाए। ‘हामी नेपाली जनताको प्रतिनिधि हौँ। हामीले बोल्ने भाषा नेपाली जनताले कले बोल्छ भनेर चनाखोपूर्वक हेरिरहेका छन्’, उनले भने, ‘हामीबाट नेपाली जनताले के सिक्ने? हामीले सभ्य भएर कुरा राख्नुपर्छ।’

कांग्रेस सांसदले प्रधानमन्त्रीको नाम बिगार्दा मर्यादा सिकाएका रावलले आफू पनि त्यही स्तरमा झर्न भ्याए। भलै उनले प्रश्नको शैली अपनाएका थिए। उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ‘छेरबहादुर' देउवा भने। ‘प्रतिपक्षी दलका सांसदले जुन प्रकारले प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुटप्रसाद भन्नुभयो’, उनले भने, ‘म प्रतिपक्षी दलको नेताको सम्मान गर्छु। उहाँको दलका नेतालाई हामीले पनि शेरबहादुर नभनेर छेरबहादुर भन्यो भने के हुन्छ? यहाँ प्रयोग गरिने भाषा सभ्य हुनुपर्छ।’ रावलले चौधरीको अमर्यादित भाषण रेकर्डबाट हटाउन पनि माग गरे।

पूर्व सभामुख ओनसरी भन्छिन्- मर्यादाविपरीत भयो

यसरी संसदमा दुई सांसदले बोलेको कुरा संसदीय मर्यादाविपरीत रहेको पूर्वसभामुख ओनसरी घर्तीमगर बताउँछिन्। ‘यसमा संसदहरूले नै बुझेर बोल्नुपर्ने हो। उहाँहरूलाई नैतिकता त सिकाउन नपर्ने हो’, उनले भनिन्, ‘तर आज जे भयो त्यो गम्भीर हो। सांसदहरूले आफैँ मर्यादित भएर बाल्नुपर्छ।’

उनले संसद बैठक देश तथा विदेशबाट हेरिरहेको हुनाले सबै मर्यादित हुनुपर्ने बताइन्। ‘यो बैठक लाइभ भइरहेको हुन्छ’, उनले भनिन्, ‘नेपालीले मात्रै हैन विदेशमा पनि हेरिएको हुन्छ। सभामुखलाई बैठक चलाउन सांसद गम्भीर हुनुपर्छ।’

उनले सकारात्मक शब्द लिएर पनि मनमा लागेका कुरा भन्न सकिने बताइन्। ‘शब्दकोषमा भएका सकारात्मक कुरा ल्याएर पनि आफूलाई लागेका कुरा भन्न सकिन्छ’, उनले भनिन्, ‘अमर्यादित शब्द अर्का सांसदले नियमापत्ति गर्न पाइन्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.