पर्यटकका लागि अन्तरिक्ष यात्रा

पर्यटकका लागि अन्तरिक्ष यात्रा

भाइबहिनीहरू, आधुनिक विज्ञान र प्रविधिले विश्वलाई एकदमै साँघुरो बनाएको छ भन्ने त तिमीहरूलाई थाहै होला। यसले असम्भव कुरालाई पनि सम्भव बनाउँदै आएको छ। अहिले नासाले फेरि एउटा अर्को चमत्कार गर्ने भएको छ। यसले पर्यटकका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसन खोल्ने भएको छ।

अर्को वर्षबाट पर्यटकहरू नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जान सक्ने छन्। तर यसका लागि उनीहरूले एक रातको ३५ हजार डलर खर्च गर्नु पर्नेछ। पर्यटनको विकास वा पर्यटक घुम्ने ठाउँ बनाउन मात्र नभई अन्य व्यापारिक प्रयोजनका लागि पनि यो खोल्न लागिएको हो।

पर्यटकका रूपमा रहने अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जानका लागि ३० दिनको समय दिइने नासाले जनाएको छ। उनीहरूले यूएस स्पेस क्राफ्टमार्फत मात्र यात्रा गर्न पाउनेछन्।

अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उपनिर्देशक रबिन्स गेटन्सका अनुसार प्रत्येक वर्ष दुईवटा प्राइभेट अन्तरिक्ष मिसन पठाइनेछ। यसको सबै खर्च निजी कम्पनीले नै बेहोर्ने छन्।

अन्तर्राष्ट्रिय स्पेस स्टेसन बाहिरी अन्तरिक्षमा अवस्थित छ। यसबाट अन्तरिक्षसँग सम्बन्धित सम्पूर्ण कुरा वा विषयको अनुसन्धान गर्न सकिन्छ। यो पृथ्वीको नजिकैको कक्षमा बनाइएको छ।

भाइबहिनी हो, तिमीहरूलाई यो अन्तर्राष्ट्रिय स्पेस स्टेसन के होला भनेर खुल्दुली भइरहेको छ कि ? तिमीहरूले उपग्रह भन्ने पक्कै सुनेका छौ। कसै कसैले त पढेका पनि होलाऊ। हो, यो स्पेस स्टेसन एक प्रकारको कृत्रिम उपग्रह हो, जहाँ मानिस जान्छन् र अनुसन्धान गर्छन्। अनि त्यहाँ विभिन्न किसिमका नयाँ प्रयोग गरी नयाँ कुरा पत्ता लगाउँछन्। स्पेस स्टेसनमा कसले के काम गर्ने भन्ने विषयको टुंगो निजी कम्पनीले नै लगाउनेछ। साथै निजी अन्तरिक्ष यात्रीहरूको अन्तरिक्ष उडानका लागि खगोल स्थलको प्रशिक्षण र कसले स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने निर्णय पनि निजी कम्पनीले गर्नेछ। यसरी प्रत्येक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय स्पेस स्टेसनको भ्रमण गर्न सक्षम हुनेछन्।

यो काम गर्न नासाले स्पेस एक्स र बोइङ नामक दुई कम्पनीलाई नियुक्त गरेको छ। यी दुई कम्पनीमध्ये उक्त कामका लािग स्पेस एक्सले आफ्नो ‘ड्र्यागन क्याप्सुल’ प्रयोग गर्नेछ भने बोइङले ‘स्टार लाइनर’ नामक स्पेसक्राफ्ट बनाइरहेको छ।

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जानका लागि यी निजी कम्पनीले कुनै निजी अन्तरिक्ष यात्रीसँग त्यति भाडा लिनेछन् जति नासाले लिन्छ। अर्थात् यी कम्पनीले प्रतिउडान ६ करोड डलर तिर्नुपर्ने हुन्छ।

योभन्दा पहिले नासाले स्पेस स्टेसनलाई व्यावसायिक प्रयोगका लागि प्रतिबन्ध लगाएको थियो। त्यसैले अन्तरिक्ष यात्रीले कुनै कम्पनीमार्फत अनुसन्धान गर्न पाउँदैनथे।

अमेरिकी व्यवसायी डेनिस टाइटिन अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा भ्रमण गर्ने पहिलो पर्यटक हुन्। उनले सन् २००१ मा भ्रमण गरेका हुन्। यो यात्रा गर्न उनले रुसलाई दुई करोड डलर बुझाएका थिए।

गत वर्ष अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्मले बजेट पेस गर्दा सन् २०२५ सम्ममा यसलाई सरकारी पैसाले चलाउन बन्द गरियोस् भन्ने माग नासाले राखेको थियो। नासाको यो मागले स्टेसनलाई पूर्ण रूपमा निजीकरण गर्न खोजिएको देखिन्छ।

स्पेस एजेन्सीले हालै गरेको घोषणाअनुसार सन् २०२४ सम्ममा पुन : चन्द्रमामा जाने योजना बनिरहेको छ। पहिले महिलालाई र त्यसको एक दशकपछि पुरुषलाई पठाइने योजना छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.