मुस्ताङको समर–भेनामा ब्लास्टिङ सुरु

मुस्ताङको समर–भेनामा ब्लास्टिङ सुरु

जोमसोम : जोमसोमदेखि उत्तरी कोरला जोड्ने वारागुङ गाउँपालिकाको समर–भेना सडक खण्डको भीरमा शनिबारदेखि ब्लास्टिङ सुरु भएको छ। बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत आयोजनाले यहाँ पहिलो पटक बिस्फोटक पदार्थ प्रयोग गरी बाटो बनाउने कामअघि बढाएको हो। इन्जिनियर अश्विनीकुमार यादवका अनुसार समर तथा झो खोला भीरको करिब ८ सय मिटरको कडा चट्टानी पहाडमा बिस्फोटक पदार्थ प्रयोग गरी नयाँ सडक ट्र्याक खोल्न लागिएको हो।

आयोजनाका इन्जिनियर यादवले बिस्फोटक पदार्थ प्रयोग गरी करिव ४ सय मिटर क्षेत्रफलमा ब्यास्टिङको काम भएको बताए। समर–भेना भीर फोर्न सम्वन्धित बिषयका ७ जना तालिम प्राप्त ब्लास्टर टोली उक्त स्थानमा खटिएका छन्। शनिबार गरिएको प्रारम्भिक ब्लास्टिङमा बज्र दल गण जोमसोमका ११ जना सेनाका सुरक्षाकर्मी र छुसाङ प्रहरी चौकीले संयुक्त सुरक्षा निगरानी गरेको इन्जिनियर यादबले बताए।

उक्त स्थानमा भीर फोरेर ११ मिटर मापदण्डको योजना मुताबिक सडक फराकिलो बनाउने काम भइरहेको छ। मौसम, स्थानीयको सहयोग र प्राविधिक समन्वय मिलेमा तिहारसम्ममा ब्लास्टिङ गर्ने काम सम्पन्न हुने इन्जिनियर यादवको भनाइ छ। जोमसोमदेखि करिव ३४ किलोमिटर उत्तरतर्फ ब्लास्टिङ गर्नुपर्ने क्षेत्र पर्छ। उपल्लो मुस्ताङ जोड्ने सबभन्दा जोखिम र असजिलो स्थान भएकाले यहाँ सडकको काम अपेक्षाअनुरुप अघि बढ्न नसकेको हो।

आयोजनाले यहाँ ब्लास्टिङ गरी सडक फराकिलो बनाउन असोजमा गृह मन्त्रालयमा पत्राचार गरेको थियो। यसपछि गृह र रक्षा मन्त्रालयले ३ महिनाअघि यहाँ ब्लास्टिङ गर्ने अनुमति दिएको हो। वैशाखमा नेपाली सेना बारुदखाना कार्यालयले जोमसोमस्थित बज्रदल गणको बंकरमा बारुद भण्डार गर्न अनुमती दिएको थियो।

ब्लास्टिङ गर्न कागजी प्रक्रिया पू¥याइए पनि सैनिक मुख्यालयको लिखित तथा मौखिक आदेश आवश्यक पर्ने आयोजनाले जनाएको छ। सैनिक मुख्यालयको आदेश ढिलो भएकाले मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र आयोजनाको विशेष पहलमा समर–भेना सडकखण्डमा बिस्फोटक पदार्थ प्रयोग गर्न जोमसोमस्थित बज्रदल गणलाई जानकारी दिएपछि कामअघि बढेको निर्माण कम्पनीका साइड इन्चार्ज अनिल चिलवालले बताए। सडक निर्माणको जिम्मा कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले लिएको छ। हालसम्म ३० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.