अवैतानिक दूतकाे भेला विवादमा

अवैतानिक दूतकाे भेला विवादमा

काठमाडौं : सरकारले डेढ करोडभन्दा बढि रकम खर्च गरेर विभिन्न मुलुकमा रहेका अवैतनिक दूतहरुलाई काठमाडौं भेला गराएर नेपालबारे जानकारि दिने विषय विवादमा परेको छ। निकै गोप्य राखेर भेलाको केही दिन अघि मात्र परराष्ट्र सचिव शंकदरदास बैरागीले बाहिर ल्याएका उक्त कार्यक्रमबारे विदेश स्थित राजदूतहरुले असन्तुष्टि ब्यक्त गरेका हुन्।

कतिपय राजदूतसँग परामर्श समेत नगरिकन सरकारले एक्कासी अवैतनिक दूतहरुलाई काठमाडौ निम्त्याएको हो। पछिल्लो समय अवैतनिक दूतमा गैर आवासियन नेपालीहरु नै लागि पर्न थालेका छन। यसलाई बढवा दिने सोचका साथ यो सम्मेलन हुन लागको अधिकारीहरु बताउँछन।

सरकारले केही बर्ष अघिदेखि गर्ने भन्दै आएको भएपनि त्यसको उपयोगिता पुष्टि हुन नसकेपछि उक्तकार्य अघि बढेको थिएन। विशेष गरि राष्ट्रमा हुने महत्वपूर्ण समारोहमा बोलाउने गरि सम्मेलन गरेको भए हुने भन्दै राजदूतहरुले मन्त्रालयमा असन्तुष्टि ब्यक्त गरेपनि लिखित रुपमा आफ्नो धारणा राख्न सकेका छैनन। सरकारको तारो हुने भन्दै उनीहरुले आफू अन्तरगतका महाबाणिज्य दूतहरु प्रति अनौपचारिक रुपमा असन्तुष्टि ब्यक्त गरेको एक महाबाणिज्य दूतले बताए।

‘खै के गर्न खोजेको हामी नै स्पष्ट छैनौं। उता राजदूत पनि रिसाउनु भएको छ,’ एक महाबाणिज्य दुतले भने, ‘हामी त राजदूतको निर्देशनमा काम गर्ने भनिएको हुन्छ। तर मन्त्रालयले बोलाएको विषय पनि नकार्न सकिदैन। कैयन काम छोडेर आएका छौं।’

राजदूतहरुले आफूहरुलाई वाइपास गरेर परराष्ट्र मन्त्रालयले अवैतनिक दूतहरुलाई काठमाडौंमा निम्त्याएकोमा असन्तुष्टि ब्यक्त गरिसकेका छन। उनीहरुले प्रधानमन्त्रीको कार्यालयमा यस्तो असन्तुष्टि ब्यक्त गरेका हुन। अवैतनिक दूतहरु राजदूत अन्तरगत रहेर काम गर्ने भएकाले उनीहरुको नियुक्तिको सिफारिस पनि राजदूतले नै गर्ने गर्छन। सरकारले अवैतनिक दूतलाई यसरी राजधानीमा नै बोलाएर के सिकाउने भन्ने प्रश्न राजदूतहरुको छ।

अधिकांश अवैतनिक दुत राजनीतिक दलका नेताहरुको सिफारिसमा राजदूतले बाध्यकारी ढंगले नाम उठाएर पठाउन परेको यथार्थ अर्कोै छ। त्यस्ताको हकमा यो सम्मेलन त छुट्टि मनाउन आए जस्तो हो, एक अधिकारीले भने।

पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराइले यसरी राजधानीमा भिड जम्मा गर्ने भन्दा सम्वन्धीत मुलुक वा आसपासमा नै भ्रमणहरु हुँदा निर्देशन दिने काम गरेको भए बढि प्रभावकारी हुने सुझाए। ‘अहिले कामभन्दा बढी हल्ला गर्ने परिपाटि सबै तिर हावी हुन थालेको देखिन्छ। पछिल्ला केही कूटनीतिक कार्यहरु नियाल्दा यस्तो देखिन्छ,’ पूर्व सचिव डा.भट्टराईले भने, ‘प्राथमिकता के हो र काम के गर्ने भन्ने थिती बसाउन नसकेको अवस्था देखा यहाँ पनि छ। यसमा राजनीतिज्ञलाई भन्दा पनि हाम्रा साथिहरु बढि हौसिन्छन।’ उनले पनि विदेशी अवैतनिक दूतलाई उनीहरुको फुर्सद हुने समयमा निम्त्याएर घुम्न पठाउने र नेपालको महत्व दर्शाउने गर्दा बढि सम्मानित अनुभव गर्ने बताए।

अधिकांश मुलुकमा अवैतनिक दूतको नामका विभिन्न बाहनामा विदेश पुगेर कुनै रेष्टुरेन्ट, पेट्रोल पम्प, सामान्य ब्यवसाय, इपोर्ट एक्सपर्ट चलाएर बसेका, अनि जागिर गरिरहेका गैर आवासिय नेपालीहरु नै अवैतनिक दूत हुने अवस्था सिर्जना भएको छ। अवैतनिक दुत प्रायः त्यही देशका नागरिक जो त्यो स्थानिय स्तरका विदेशीसँग निकै पहुँच राख्छन त्यस्तालाई दिने गरि तय गरिएको भए पनि पछिल्लो समय नेताको फेरो समाएर वा परराष्ट्र कर्मचारीको चाकडीपछि पाउने पद बनेको छ। यसलाई नै निरुत्साहित गर्न पर्नेमा सरकारले उल्टै करोडांै रकम खर्चेर सम्मेलन गर्नुको कुनै औचित्य नभएको पूर्व कूटनीतिज्ञहरु सुझाउछन। ति कूटनीतिज्ञहरु भन्छन, ‘सायद आउनेहरु बढि गैरआवासिय नेपाली नै हुन्छन।’

पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठले यस्तो कार्यक्रम गर्दा नेपाल थाहानपाएका अवैतनिक दूतहरुलाई नेपालबारे जानकारी गर्न मिल्छ भन्ने सोचले आफू शिष्टाचार महापाल भएको समयमा अघि बढाएको बताउँदै भने, ‘अहिले त गैर आवसिय नेपाली नै अवैतनिक दुत हुने होड चलेको छ। विदेशी नै नागरिक आएमा केह िप्रभावकारी होला।’ यद्यपी ढिलै भएपनि यस्तो कार्य भएकोलाई उनले खुशी ब्यक्त गर्दै भने, ‘कार्यक्रमको उद्देश्य स्पष्ट हुनुपर्छ।’

यस्तो पदमा रहेकालाई सरकारले आउने जाने टिकट खर्च र काठमाडौंमा बस्ने चार दिनको खर्च समेत दिएर निम्त्याउँदै राज्य कोषको दोहोन गरेको परराष्ट्र अधिकारी नै बताउँछन। परराष्ट्रसचिव, परराष्ट्रमन्त्री, प्रधानमन्त्री बाहिर गइरहेका हुने हुनाले विदेशमा रहदा नै गैर आवासियलाई दिने निर्देशन नै काफि हुने झै देखिन्छ। अहिले निम्त्याइएका ६४ अवैतनिक दूतमा तीस पनि नपुग्ने भएका छन। त्यसमा विस्तारै गैर आवासिय नेपाली बढि अवैतनिक दूत हुन थालेका छन। ११ जना गैर आवसियन नेपाली नै यसको दूत भइसकेका छन। ति ११ सबै उपस्थित हुनेछन। अन्य विदेशी दश नपूग्ने सम्भावना रहेको अधिकारीहरुले बताए।

अस्ट्रेलिया, क्यानडा, बेलारुस, साइप्रस, पोर्चुगल अमेरिका, जर्मनी,मा गैरआवासिय नेपाली अवैतनिक छन। यसरी निम्त्याएकोमा विदेशी एक दर्जन जम्मा हुन सक्छन कि भन्ने छ। यसमा संयोजन गरिरहेका एक अधिकारीले भने, ‘अहिलेसम्मको अवस्था नियाल्दा ३० जना पनि पुग्ने मुस्किल छ।’ युरोप आसपासका लागि युरोपमा, अमेरिका आसपासका लागि अमेरिकामा र खाडी क्षेत्रका लागि खाडिमा ट्रान्जिट रहँदा नै निम्तो दिएर निर्देशन गर्न सकिने अधिकारहिरु बताउँछन। पछिल्लो समय अवैतनिक दूतहरु नेता गएको बेलामा खानबस्न दिने, कर्मचारी र उनका परिवारलाई घुमाईदिने जस्ता कार्यमा अब्बल हुँदा पाउने पद बनेकाले विदेशीहरुमा यो पदमा आर्कषण घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.