पृतनापति कपमा भवानीबक्स च्याम्पियन

पृतनापति कपमा भवानीबक्स च्याम्पियन

धनगढी : नेपाली सेनाको सुदूरपश्चिम पृतनापति ट्रफीमा भवानीबक्स गण च्याम्पियन भएको छ। विभिन्न ७ विधाका ६५ इभेन्टमा उसले ४२ स्वर्ण, १४ कास्य र २० रजत गरी ७६ पदक जित्दै च्याम्पियन भएको हो।

यस्तै १६ स्वर्ण, ३० कास्य र १६ रजत गरी ६२ पदक जित्दै रुद्रध्वज गण द्वित्तीय भएको छ। १५ स्वर्ण, १५ कास्य र १८ रजत गरी ४९ पदक जितेर भवानीदल गण तृत्तीय भएको छ भने तीन स्वर्ण, ७ कास्य र ३ रजत पदक जित्दै रणबम गण चौथो भएको छ।

नेपाली सेनाको कैलाली र कञ्चनपुर ब्यारेकमा भएका खेलकुदका विजेता खेलाडीहरुलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बालकृष्ण काकीले पुरस्कार र प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा ३२१ जना पुरुष सैनिक र २५ जना महिला सैनिक गरी ३४६ जनाको सहभागिता थियो।

प्रतियोगितामा सर्वाधिक पदक जित्ने पुरुष खेलाडी भवानीबक्स गणका प्युठ राम बहादुर पुनले स्विमिङतर्फ ७ स्वर्ण जिते भने महिलातर्फ भवानीबक्स गणकी सिपाही गीता चन्दले एथ्लेटिक्स र तेक्वान्दो खेलमा सर्वाधिक ७ स्वर्ण जितिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.