विप्लव समूहले गाउँपालिका अध्यक्षको कार्यकक्षमा राखेको बम १२ घण्टापछि निस्क्रिय

विप्लव समूहले गाउँपालिका अध्यक्षको कार्यकक्षमा राखेको बम १२ घण्टापछि निस्क्रिय

जाजरकोट : जरकोटको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहको लिम्सास्थित कार्यकक्ष अगाडि राखिएको सुतली बम १२ घण्टापछि नेपाली सेनाले डिस्पोज गरेको छ । सदरमुकाम खलंगा र जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलको मनमइबाट गएको नेपाली सेनाको टोलीले बम निस्क्रिय पारेको हो । 

सेनाको ज्वाला दल गणका क्याप्टेन जयराम घिसिङ्गको नेतृत्वमा ७ घण्टा पैदल हिँडेर गएको टोलीले बम राखेको करिब १२ घण्टापछि निस्क्रिय पारेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बम निकै शक्तिशाली रहेको सेनाले जनाएको छ ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्नियुस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दलाई लक्षित गरी उनीहरुले नै त्रास फैलाउन उक्त सुतली बम राखिएको हुन सक्ने सुरक्षा निकायको भनाइ छ । 

बम हो वा होईन भन्ने छुट्याउन नसक्दा ईलाका प्रहरी कार्यालय रामीडाँडाको प्रहरी टोलीले उक्त शंकास्पद वस्तु बम हो वा होइन भन्ने छुट्याउन नसकेपछि सेनालाई पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । 

बन्दले जाजरकोटको जनजीवन प्रभावित भएको छ । यातायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्था, बजार, कलकारखाना बन्द भएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा मानिसहरु गन्तब्यमा पुग्न सकिरहेका छैनन् ।

सोमबार बसेको जिल्लास्थित सुरक्षा समितिको बैठकले बन्दको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायको गस्ती बढाउने, शंकास्पद मानिसको निगरानी र खानतलासी गर्ने लगायतका निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.