सबै वडा सदस्यले गरे गाउँसभा बहिष्कार

सबै वडा सदस्यले गरे गाउँसभा बहिष्कार

सिमकोट : आर्थिक वर्ष ०७६।०७७ को बजेटसहितको नीति तथा कार्यक्रमका लागि बसेको सिमकोट गाउँपालिकाको गाउँसभा बैठक वडा सदस्यले बहिष्कार गरेका छन्। गाउँ कार्यपालिकाले योजना छनोट तथा कार्यान्वयनका क्रममा स्वेच्छाचारी गरेको आरोप लागाउँदै सबै वडा सदस्यले गाउँसभा बहिष्कार गरेका हुन्। 

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका २८ वडा सदस्यमध्ये सबैले बैठक बहिष्कार गरेपछि नीति तथा कार्यक्रम पास नहुँदै ४४ सदस्य सभाबाट बाहिरिएका थिए।   गाउँपालिका उपाध्यक्ष वली रावत स्वास्थ्यको कारण देखाउँदै सभामा अनुपस्थित भएपछि वडा नम्बर २ का अध्यक्ष नर भण्डारीले बजेट प्रस्तुत गरेका थिए। 

भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६।०७७ को बजेटमाथिको छलफल सुरु भएपछि वडा सदस्यले सभा बहिष्कार गरेका हुन्। सभामा प्रस्तुत ३७ करोड ५५ लाख ६२ हजारको बजेटमा कार्यपालिकाका सदस्यले मनोमानी रुपमा योजना छनोट गरेको भन्दै बैठक बहिष्कार गर्न वडा सदस्य जयबहादुर शाहीले आग्रह गरेपछि सबै सदस्य सभाबाट बाहिरिएका थिए। 

बैठबाट सदस्य बाहिरिए लगत्तै केही समय स्थगित गरेको बैठक लामो समयसम्म पनि कोही सदस्य कार्यक्रम स्थलमा नपुगेपछि अनिश्चित कालका लागि स्थगित भएको हो। असार १० गते गाउँसभामा बजेट प्रस्तुत गरेर असार अन्तिमसम्म पास गर्नु पर्ने कानुनी व्यवस्था छ स यद्यपि सदस्यको बहिष्कारले अन्यौलता बढेको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए।

सात गाउँपालिका भएको हुम्लामा अन्य ६ वटा गाउँपालिकाले भने आज बजेट ल्याउन सकेनन्। सम्बन्धित गाउँपालिका स्रोतका अनुसार अदानचुलीले ११ गते, ताँजकोटले १२ गते बजेट ल्याउने तयारी गरेका छन्। सर्केघाड, चंखेली र नाम्खाले यही सातमा बजेट ल्याउने तयारी गरेका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.