जापानमा सी-ट्रम्प भेट हुने

जापानमा सी-ट्रम्प भेट हुने

पइचिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङ जी-२० को चौधौं शिखर सम्मेलनका लागि बिहीवार जापान प्रस्थान गर्दै छन्। आयोजक मुलुकका हैसियतमा जापानी प्रधानमन्त्री सिन्जो आबेको निमन्त्रणामा सी पहिलोपटक जापान जान थालेका हुन्।

सम्मेलन जुन २८ तारिखदेखि २९ तारिखसम्म जापानको ओशाका शहरमा आयोजना हुँदै छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार सीसँग जी २० मुलुकका चिनियाँ मामिला समन्वयनकर्ता एवं चिनियाँ परराष्ट्रमन्त्रीका सहायक चाङ च्युन, चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उपप्रतिनिधि वाङ शौ वन, चिनियाँ जनबैंकका उपप्रमुख छन यु लुले सम्मेलनमा भाग लिनेछन्। सी यस सम्मेलनमा निरन्तर रूपमा सहभागी हुन लागेकोे सातौंपटक हो।

जी-२० मा देशहरूको समूहले विश्वको अर्थव्यवस्थाको ८० प्रतिशतभन्दा बढी भाग ओगटेको छ। त्यसकारण पनि यस अर्ध वार्षिक सम्मेलनले विश्वको ध्यान खिच्नु स्वभाविकै हो। यद्यपि योपटकको सम्मेलनको चर्चा र चासो भने फरक ढंगमा भएको छ। 

सम्मेलनका क्रममा राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको भेटवार्ता महत्वपूर्ण र चासोको विषय बनेको छ। अमेरिका र चीनबीच जारी व्यापार युद्ध र विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परिरहेको यस अवस्थामा हुने भेटवार्तालाई विश्वले चासो दिएको छ। यी दुईबीचको वार्ताबाट विश्वलाई आशा गर्ने ठाउँ दिएको छ। वार्ता नै चीन अमेरिकाबीचको आर्थिक तथा व्यापारिक मतभेदको समाधान पनि हो।

ओशाका शिखर सम्मेलनमा द्विपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा गहन वैचारिक आदानप्रदानको प्रतीक्षामा रहेको राष्ट्रपति ट्रम्पको भनाइ छ। विश्वले अमेरिका र चीनबीच सहमति हुने अपेक्षा गरेको समेत उनले उल्लेख गरेका थिए। त्यसैगरी सीले द्वन्द्व बढे दुवैलाई क्षति पुग्ने बताउँदै दुवैपक्षले सहमति बमोजिम आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई अगाडि बढाउनुपर्ने विचार राखेका थिए। 

यी दुईबीच पछिल्लो भेट गत वर्ष डिसम्बर १ मा अर्जेन्टिनामा आयोजित जी-२० सम्मेलन दौरान भएको थियो। उक्त भेटवार्ताबाट व्यापार युद्धले केही सकारात्मक मोड लिएको पनि थियो। सो अवसरमा दुवै राष्ट्र प्रमुखबीच पारस्परिक सम्मान, पारस्परिक हित र साझा जितको आधारमा सहमति गरिनुपर्ने सम्झौता भएको थियो साथै तीनमहिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो। त्यसपछिका वार्तामा सहमति जुट्न भने सकेको थिएन।

पछि अमेरिकाले चिनियाँ सामानमाथि कर बढायो भने चीनले पनि अमेरिकी सामानमा कर बढाएको थियो। अमेरिकाले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा कर दोब्बर बनाउने घोषणा गरेको तीन दिनपछि चीनले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउँदै कदम चालेको थियो। योसँगै अमेरिका र चीनबीच जारी व्यापार युद्ध झनै जटिल बन्दै गएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.