विदेशमा पनि कांग्रेसको गुट

विदेशमा पनि कांग्रेसको गुट

 काठमाडौं : कांग्रेसको गुट-उपगुटको प्रभाव विदेशस्थित जनसम्पर्क समितिमा पनि परेको छ। समितिको डेनमार्कमा सम्पन्न विश्वस्तरीय भेलामा जापान, अस्टेलिया, क्यानाडा र बेल्जियमबाट कसैले भाग नलिएपछि विदेशस्थित जनसम्पर्क समितिभित्र विवाद रहेको स्पष्ट भएको हो।

कार्यक्रम उपसभापति विमलेन्द्र निधि संयोजक रहेको कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो। अन्तिम अवस्थामा आएर बलबहादुर केसी, गगन थापा र प्रदीप पौडेल गएनन्। यस्तै महामन्त्री पूर्णबहादुर खड्का पनि कार्यक्रममा सहभागी भएनन्।

सम्मेलनमा पार्टी उपसभापति, महामन्त्री, प्रवक्तासहित एक दर्जन बढी केन्द्रीय नेताहरू सहभागी थिए। नेपाल बाहिर कांग्रेसको ३३ जनसम्पर्क समिति छ। सम्मेलनमा २३ देशका दुई सय प्रतिनिधि सहभागी थिए। नेता केसीले डेनमार्क सम्मेलनबारे कही नबोल्ने बताए। उनले भने, ‘त्यहाँ कसरी र कुन उद्देश्यले कार्यक्रम गरियो मलाई थाहा छैन।’

केही समयअघि बेल्जियमको जनसम्पर्क समितिमा उपसभापति निधि र महामन्त्री शशांक कोइरालाको टकराव देखिएको थियो। उपसभापति निधिले बनाएको सम्पर्क समितिलाई काउन्टर दिने गरी महामन्त्री कोइरालाले छुटै संयोजक रहेको विज्ञप्ति निकालेका थिए।

००

मुलुक बाहिर रहेका दुई सयभन्दा बढीको सहभागितामा कांग्रेसले डेनमार्कमा सोमबार पार्टीका विश्वस्तरीय सम्मेलन सम्पन्न गरेको छ। कांग्रेसले आफनो विधानमा विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई महाधिवेशन देखि महासमिती सदस्य बन्न मौका प्रदान गरेको छ। विदेशको जनसम्पर्क समितिवाट महासमितिमा ३ र महाधिवेशनमा ४ जना सहभागी हुने प्रावधान छ। पार्टी नेतृत्व चयनमा मतदान देखि विदेशमा रहने जनसम्पर्क समितिहरुले आर्थिक सहयोग र घुमघामको वातावरण तयार पार्ने भएकाले पार्टी नेताहरुको अकर्षणमा जनसम्पर्क समितिहरु पर्ने गर्छन। विदेशमा रहेका नेपालीहरुलाई मुलुकको प्रमुख दलसंग सम्बन्ध बनेकोमा उनीहरु आफैमा गर्व गर्ने गर्छन। तर कांग्रेसको केन्द्रिय तहमा देखिएको गुट र अन्तरद्धन्दको प्रभाव जनसम्पर्क समितिहरुमा समेत परेको देखिन्छ।

००

उपसभापति निधी नेतृत्वको प्रतिष्ठानले डेनमार्कको कार्यक्रम सार्वजनिजक गरेपछि गएको २५ गते महामन्त्री सशांक कोइरालाको निवासमा सभापति इत्तर समुहका नेताहरु बैठक नै बस्यो। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, अजुननरसिंह केसी, गगन थापा, वलबहादुर केसी सहितको नेताहरुको बैठकमा डेनमार्क सम्मेलन बहिष्र गर्ने प्रस्ताव आयो। केसीले सभापति पक्षले जनसम्र्कि समितिहरुकम पनि आफनो ढंगले पेलेर अघि वढेको भन्दै इतर पक्षको नेताहरुले बहिष्कार गर्नु पर्न प्रस्ताव गरे।

वेल्जीयम समितिमा उपसभापति निधी र महामन्त्री कोइरालाको टकराव केहि दिन अघि मात्रै भइएकाले डेनमार्क भेलामा महामन्त्री कोइरालालाई सभापति इत्तर समुहवाट नजान दबाब थियो। यद्यपी उनी अन्तिममा आएर सहभागीता जनाउन डेनमार्क पुगे।

प्रशिक्षण प्रतिष्ठानले तय गरेको २५ जनाबाहेक थप नेतासमेत डेनमार्क पुगे पछि कांग्रेसभित्र अहिले त्यो चर्चाको विषय बन्न पुगेको छ। नेविसंघका निर्वमान अध्यक्ष नैनसिंह महर, टेकराज पोखरेल, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा सहित दर्जन भन्दा वडी नामावली बाहिरका नेताहरु डेनमार्क पुगेका थिए। यसलाई काग्रेस भित्र जनसम्पर्क समिसितको प्रभावको रुपमा नेताहरुले अर्थयाएका छन। गएको निर्वाचनमा काग्रेसले हार व्योहारे पछि जनसक्म्पर्क समितिको नाममा विदेशमा काग्रेसले दर्जन भन्दा वढी कार्यक्रम गरिसकेका छन।

१३ औ महाधिवेशनवाट काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि उनले पार्टीको जनसम्पर्क समन्वय विभागको जिमेमवारी चार जना सम्मलाई दिइसकेको छ। अर्जन जोशी, सुरेन्द्र पाण्ड, किरण पौडेल पछि अहिले यो जिम्मेवारीमा गोविन्द भटराई छन। समन्वयनको संयोजनको भुमिका निर्वाह गरेका नेता सुरेन्द्र पौडेलले पनि काग्रेसको जनसम्पर्क समितिहरुको वारेमा र अहिले डेनमार्कमा भएको भेलाको वारेमा आफुले टिप्पणी नगर्न बताए। अन्नर्पुणसंग कुरा गर्दै पौडेलले पार्टीको आन्तरिक कुरा भएकाले यसवारेमा आफुले सार्वजनिक टिप्पणी नगर्न अडान लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.