जोखिम परेकालाई हवाई उद्धार

जोखिम परेकालाई हवाई उद्धार

जाजरकोट: बारेकोट गाउँपालिकाले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गर्ने भएको छ। सुत्केरी व्यथाले थलिएका जोसुकै गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजान व्यवस्था गरीएको हो।

     

जसका लागि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आकस्मिक कोषका लागि १० लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ। जिल्लाको सबैभन्दा विकट गाउँपालिकाको रुपमा रहेको बारेकोटमा अहिलेसम्म यातायात सेवा पुग्न सकेको छैन। भने सुविधा सम्पन्न स्वास्थ्य संस्था पनि छैनन्। ‘यहाँका गर्भवती ज्यानको बाजी राखेर सुत्केरी हुन्छन्, समयमा उपचार नपाउँदा धेरैले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ’ गाउँपालिका अध्यक्ष महेन्द्र शाहले भने, ‘त्यसका लागि सुत्केरीको उद्धार गर्न आवाश्यक बजेट विनियोजन गरीएको छ।’

सामान्य खालका गर्भवतीलाई स्थानीय स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन बर्थिङ्ग सेन्टर स्थापना गर्ने र जटिल प्रकृतिकालाई तत्काल हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पताल लैजान बजेटको व्यवस्था गरीएको हो। गाउँपालिकाको लिम्सामा रहेको तीन वेडको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउन विषेश पहल गर्ने पाँचौं गाउसभाले निर्णय गरेको छ।

एमबीबीएस पढ्न छात्रवृत्ति

गाउँपालिकाले स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनसँगको साझेदारीमा प्रत्येक वर्ष एक जना डाक्टर उत्पादन गर्न लगानी गर्ने भएको छ। जिल्ला बाहिरका डाक्टर गाउँमा नबस्ने र गाउँमा स्वास्थ्यकर्मीको कमीले समस्या भएको भन्दै छात्रवृतिमा एमबीबीएस पढाउने निर्णय गरेको हो। हरेक वर्ष प्रविणतापत्र तहमा उत्कृष्ट अंक ल्याउने विज्ञान संकायका एक जना विद्यार्थीले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाउनेछन्। त्यसरी अध्ययन गरेको विद्यार्थीले गाउँपालिकामा कम्तिमा चार वर्ष सेवा गर्नुपर्ने प्रावधान बनाइएको छ। उपाअध्यक्ष ओमा शाहीका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को लागि कुल ३५ करोड २१ लाख रुपैयाँको बजेट पारित भएको छ। यस्तै भेरी नगरपालिकाले आगामी आवका लागि ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.