फोहोर नउठेपछि महानगरविरुद्ध प्रदर्शन (फोटोफिचर)
काठमाडौं : राजधानीको प्रदर्शनीमार्गमा फालेको फोहोर नउठेको भन्दै महानगरविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सडकमा फोहोर थुप्रिएको लामो समयसम्म पनि महानगरले नउठाएको भन्दै बाल्मीकी क्याम्पस अगाडि विद्यार्थीले प्रदर्शन गरेका हुन् । फोहोरकै कारण पठनपाठनमै समस्या भएको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
सडकमा विद्यार्थीले फोहोर बालेर महानगरपालिकाविरुद्ध चर्का नारा लगाएका थिए । नाराबाजीसँगै सडकअवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । विद्यार्थीले नाराबाजी गरिरहदा हातमा प्लेकार्ड समेत बोकेका थिए ।