मोरङमा दुईजनाको मृत्यु

मोरङमा दुईजनाको मृत्यु

विराटनगर : मोरङका सोमबार अलग–अलग स्थानमा भएका दुई घटनामा दुईजनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका–१० मितेरी टोलमा पानीमा डुबेर १७ महिने बालक पाङचुहाङ सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ । फुपू कमला धिमालको घरमा गएका उनी भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेपछि मृत्यु भएको हो ।

प्रहरीका अनुसार डुबेर गम्भीर घाइते भएका नाबालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै पिसाव फेर्न निस्कने क्रममा आफ्नै घरबाट लडेर मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको मृत्यु भएको छ । आइतबार राति ११ बजे घरको बरन्डाबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुुमार राईले बताए । चौधरी सत्तारुढ बेलबारीका स्थानीय नेता समेत हुन् । प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.