६० किलो चाँदीसहित विराटनगरमा भारतीय पक्राउ

६० किलो चाँदीसहित विराटनगरमा भारतीय पक्राउ

विराटनगर : विराटनगर महानगरपालिकाबाट करिब ६० किलो चाँदीसहित एक भारतीय पक्राउ परेका छन्।

सोमबार साँझ महानगरको वडा नम्बर ९ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरेको मोरङ प्रहरीको प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले पुष्टि गरे। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा प्रहरीको विशेष टोलीले चाँदीसहित साहलाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेट (बीआर ११ एके १७९१) को कारमा हालेर उक्त परिमाणको चाँदी लगिँदै थियो।

प्रहरी कन्ट्रोल रुमको १०० मा निलो रङको कारमा चाँदी लगिँदै गरेको सूचना आएपछि प्रहरीले चेकजाँच कडा बनाइ कारलाई 'फलो' गरेको थियो। स्रोतका अनुसार पक्राउ परेका साह गाडीका चालकमात्र हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.