पौडी खेल्दा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
दमौली : गर्मी छल्न पोखरीमा पौडी खेल्न गएका दुई दाजु भाइको मृत्यु भएको छ। म्याग्दे–२ जामुनेस्थित माछापुच्छे ब्रिक फ्याक्ट्रीको पोखरीमा पौडी खेल्न गएका ७ वर्षीय सुन्दर शाही र ४ वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। राधा माविमा अध्ययनरत दाजुभाइ स्थानीय कृष्णबहादुर शाहीका छोरा हुन्।
उनीहरु परीक्षा विद्यालयबाट दिएर फर्केने क्रममा पौडी खेल्ने गएको प्रत्यक्षदर्शीको भनाई छ। फ्याक्ट्रीले माटो निकाल्न बनाएको खाडलमा पानी जमेर पोखरी बनेको थियो। पोखरीमा स्थानीय पाँच बालबालिका पौडी खेल्न गएका थिए। साथीहरु पौडी खेलेको देखेपछि ती बालबालिका पनि पौडी खेल्न गएको प्रत्यक्षदशीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।
डुबेका भाइ किस्मतलाई जोगाउन गएका दाजु सुन्दर पनि डुबेका थिए। डुबेको केहीबेरमा फ्याक्ट्रीका सुरक्षा गार्डले गरी उपचारका लागि दमौली अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए। पोखरीमा अन्य स्थानीय बालबालिका पनि पौडी खेल्न जाने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !