किशोरी हत्या आशंकामा ३ जना प्रहरी नियन्त्रणमा

किशोरी हत्या आशंकामा ३ जना प्रहरी नियन्त्रणमा

 बझाङ : जिल्लाको बुंगोल नगरपालिका-२ दहबगरबस्ती घर भएकी २० वर्षीया ललिता धामीको मृत्यु प्रकरणमा कालंगा हाइड्रो प्रालीमा काम गर्ने तीनजनालाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। 

हाइड्रो प्रालीका जेसीपीका चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। तीनैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए।

स्थानीय महेन्द्र उमावी गिरौमा कक्षा १२ मा पढ्ने ललिता धामी मंगलबार दहबगरको खोचेगडा भन्ने स्थानमा मृतक भेटिएपछि यो घटना रहस्यमय भएको भन्दै प्रहरीले शंकास्पद व्यक्तिको खोजी जारी गरेको थियो।

प्रहरीका अनुसार जेसीपी चालकसँग मृतक ललिताको प्रेम सम्बन्ध रहेको बुझिएको छ। मृतक ललिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको र घटनाको सत्यतथ्य छानविनका लागि स्थानीयले प्रहरी प्रशासनलाई दवाव दिएका छन्।

मृतको अनुहार, टाउको र छातीमा चोट छ। आक्रोशित मृतका आफन्तले मंगलबार हाइड्रो प्रालीका तीनवटा टिपरमा ढुंगा मुडा गरेर क्षति गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.