माैलिक ढुंगेधारा र कुवा संरक्षण गर्ने छबिसपाथी भेरा गाउँपालिकाकाे प्रतिवद्धता
बझाङ : जिल्लाभर परम्परागत धारा पँधेरा र कुवा लोप भइरहेका बेला छबिसपाथी भेरा गाउँपालिकाले भने यस्ता ढुंगेधारा, कुवा र पँधेराको संरक्षण गर्ने प्रतिवद्धता जनाएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षको बजेट छुट्याएरै गाउँपालिकाभित्रका सबै वडा, टोल, बस्तीमा रहेका परम्परागत कुवा र ढुंगे धाराको पुनर्निर्माणमा पहल गरेको थियो ।गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले आजकाल खानेपानीका योजनाले यस्ता प्राचिन कुवा पँधेरा बेवारिसे अवस्थामा पुगेको भन्दै मौलिक पँधेरा जोगाउने बताएका छन् ।
गाउँपालिकाले सोही अनुसार योजना ल्याएको उनको भनाइ छ । पालिकाभित्रका झण्डै एक दर्जन कुवा, पँधेराको संरक्षण गर्ने आफूहरुको योजना रहेको प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !