उद्योगको लापरबाहीले ज्यान गयो

उद्योगको लापरबाहीले ज्यान गयो

दमौली : मंगलबार म्याग्दे–२ जामुनेका दुई बालकको पोखरीमा डुबेर ज्यान गयो। स्थानीय इंटा उद्योग माछापुछ्रे ब्रिक फ्याक्ट्रीले माटो निकाल्दा बनेको खाडलमा पौडी खेल्न गएका चार वर्षका किस्मत र सात वर्षीय सुन्दर शाहीको डुबेर ज्यान गएको हो। आमा टिकामायाले इंटा उद्योगको लापरबाहीले आफ्ना दुई छोराको ज्यान गएको बताइन्।

उद्योगको परिसरभित्रबाट मात्र जान मिल्ने पोखरीमा लामो समयदेखि पानी जमेको थियो। तर आफ्नै क्षेत्रभित्र पर्ने पोखरीलाई घेरबा गर्ने वा बालबालिका जान रोक्ने काम उद्योगले गरेन। छोटो पर्ने भएकाले उद्योग परिसर नजिकैबाट हिँडडुल गर्छन्। विद्यालयबाट फर्किँदा बालबालिका गर्मीको समयमा त्यही पोखरीमा पौडी खेल्न जाने गरेको स्थानीयको भनाइ छ।

केही समयअघि त्यही उद्योगेको ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको थियो। पहिल्यै एउटाको ज्यान गइसकेको उद्योगले लापरबाही गर्दा घटना भएको स्थानीयको आरोप छ। ‘ठूलो खाडलमा पानी जमेपछि उद्योगले समयमै पुर्नुपथ्र्याे,’ स्थानीय सुरज घिमिरेले भने, ‘उद्योगले लापरबाही गर्दा दुर्घटना हुन पुग्यो।’ आफ्नो जिम्मेवारीबाट पन्छिन उद्योगले माटो निकाल्दा बनेको पोखरी घटना घटेकै भोलिपल्ट पुरेको छ। घटनास्थलको अनुगमन गर्न गएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित घटनास्थल पुग्दा खाडल पुरिएको थियो।

फ्याक्ट्रीका सञ्चालक कालु गुरुङका भाई हर्कबहादुर गुरुङले घटना हुनुमा आफूहरुको लापरबाही नभएको दाबी गरे। स्थानीयको दवावपछि उद्योगले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिवद्धता गरेको छ। पीडितका आफन्तले भने कम्पनीले गल्ती स्वीकार नगरेरै उम्कन खोजेको आरोप लगाए। ‘पहुँच भए आन्दोलन गरेर क्षतिपूर्ति लिन्थे होलान्’ मृतकका घर पुग्दा भेटिएका एक आफन्तले भने।

प्रमुख जिल्ला अधिकारी पण्डितले पीडितका आफन्तलाई भेटेर सरकारकातर्फबाट जनही एक लाख रुपैयाँका दरले राहत दिने बताए। तर कम्पनीको लापरबाहीको विषयमा केही बोलेनन्। यता गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले भनिन्, ‘यो गम्भीर लापरबाही हो। यसरी खुला रुपमा खाडल राख्न पाइँदैन। यसबारेमा हामी आवाज उठाउँछौं।’ जिल्ला समन्वय समिति प्रमुख वाग्लेले यसअघि पनि मानिसको ज्यान गैसकेका कारण कम्पनीको लापरबाही देखिएको बताए।

घर नजिकैको प्राथमिक विद्यालयमा विद्यार्थी नपुगेर मर्ज भएपछि टिकायाया शाही दम्पत्तीका दुई छोरा घरबाट झण्डै एक घण्टा पैदल दुरीको राधा माविमा पढ्न जान्थे। घरबाट माछापुछ्रे ब्रिक फ्याक्ट्रीसम्म हिँडेर जाने उनीहरु त्यसपछि भने विद्यालयको बसमा जान्थे। सधैं आमासँग बससम्म जाने र फर्कने गरेका उनीहरु घटना भएको दिन भने सँगै थिएनन्।

आमा मेला गएकाले उनकी काकी सुन्दर र किस्मतलाई लिन इंट्टा उद्योगसम्म पुगेकी थिइन्। त्यसदिन परीक्षा भएकाले छिट्टै फर्केका उनीहरु गर्मी छल्न पोखरीमा पौडी खेल्न गए। सुरुमा पौडी खेल्न गएका किस्मत डुबेपछि दाजु सुन्दर उद्धार गर्न गए। तर उनी पनि चिप्लेर लडेपछि सँगै गएका अरु बालबालिकाले गुहार मागेका थिए। कम्पनीका कर्मचारी पुग्दा बालक बेहोस भइसकेका थिए। अस्पताल ल्याउने क्रममै दुवैको ज्यान गयो।

सञ्चालक हर्कबहादुर गुरुङले उद्योग परिसरभित्रबाट बाटो छोटो पर्ने हुँदा प्रयोग गर्न दिँदा गल्ती भएको बताए। ‘हाम्रो त उद्योग हो यहाँभित्र काम भैरहन्छ’ उनले भने, ‘सजिलोका लागि बाटो दिए पनि हिँड्ने अभिभावकले ख्याल नपु¥याउँदा घटना भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.