बिमा रकमको लोभमा बावुद्वारा चार वर्षीया छोरीको हत्या

बिमा रकमको लोभमा बावुद्वारा चार वर्षीया छोरीको हत्या

रौतहट : बिमा वापत पाउने रकमको लोभमा रौतहटका एक बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ।

रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।असार १६ गते राति लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फ्याकेको अवस्थामा १७ गते शव फेला परेको थियो । पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए। 

हत्या गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकार गरेका छन्। 

बिमा गरेको एक महिना भित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बिमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने डीएसपी कार्कीले बताए। शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी छोरीको हत्या गरी पोखरीमा शव फ्यालेको आरोपमा बाबु रामकिशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विमा रकम लिनका लागि छोरीको हत्या गरेको अनुशन्धानबाट खुलेको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए। आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरी पोखरीमा फ्यालेको खुलेपछि बाबुलाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताए।

आर्थिक अवस्था कमजोर भएको र धेरै पैसा एकै पटक कमाउने योजनामा छोरीको बिमा गरी पछि हत्या गरेको समेत प्रहरीले जनाएको छ। बिमा वापतको प्रथम किस्ता करिब पौने २ लाख यादवले बैंकमा जम्मा गरेका थिए। उनले राति छोरीको हत्या गरी शव पोखरीमा फालेर छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।बालिकाको शव पोखरीमा फेला परेपछि घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुशन्धान थालेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.