पचरौता नगरपालिकाका तीन कमर्चारी अख्तियारको नियन्त्रणमा

पचरौता नगरपालिकाका तीन कमर्चारी अख्तियारको नियन्त्रणमा

सिमरा : सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको पचरौता नगरपालिकाका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

हेटौंडास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरा, नायब सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोलाई नियन्त्रणमा लिएको हो। 

टोलीले इन्जिनियर सतरालाई १५ हजार र सुब्बा थापालाई १४ हजार रकमसहित पक्राउ गरेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार पक्राउ परेकामध्ये कार्यालय सहयोगीमार्फत घुसको रकम लिइएकाले महतोलाई पनि नियन्त्रणमा लिइएको हो।

कार्यालयका कर्मचारीले काम गरिदिने भनी घुस मागेर दुःख दिइरहेको उजुरी परेको र अख्तियारको टोली कार्यालय पुगेर निगरानी गर्ने क्रममा रकमसहित नियन्त्रणमा लिइएको भट्टराईले बताए। इन्जिनियर सतराले भवानीपुरस्थित एक प्राथमिक विद्यालयको पर्खाल निर्माणपछि भुक्तानीका लागि सिफारिस दिनका लागि रकम माग गरेको अख्तियारले जनाएको छ।

यसैगरी सुब्बा थापाले नगरपालिकामा सञ्चालन भएको महिला सशक्तिकरण तालिम अनुशिक्षण तालिमको भुक्तानीका लागि सिफारिस दिन रकम माग गरेको भट्टराईले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि केन्द्रीय कार्यालयमा पठाइने भट्टराईले बताए। अख्तियारले यसअघि बाराका विभिन्न स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, जिल्ला वन कार्यालय प्रमुखसहितका कर्मचारीलाई पक्राउ गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.