भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं : देशभरको मौसम पूर्ण बदली भइ अधिकांश ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानमा वर्षा हुनुका साथै पश्चिम भेगका एक दुई स्थानमा र मध्य र पूर्वी नेपालका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको शाखाको अनुमान छ।
आज देशका अधिकांश भू-भागमा पूर्ण बदली भइरहेको।पश्चिमि भेगका एक दुई स्थानमा र मध्य र पूर्वी नेपालका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको शाखाले जनाएको छ।
हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेको छ।आगामी २४ घन्टासम्म पनि मनसुन न्युनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम भू-भागमा रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर मनसुनी वर्षा जारी रहने भएकाले नदीहरुमा पानीको बहाव, स्तर बढ्ने र पहाडि क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। पश्चिम भेगका एक दुई स्थानमा र मध्य तथा पूर्वी नेपालका थोरै स्थानमा भारी वर्षा हुने भएका ति क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन मौसम पूर्वानुमहाशाखाले आग्रह गरेको छ।भारी वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत अवरोध हुने महाशाखाले जनाएको छ।