बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, रौतहटका एक दर्जन बस्ती डुवानमा

बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, रौतहटका एक दर्जन बस्ती डुवानमा

रौतहट : पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन्।

रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले बताए। राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडीलाई निकालेका छन्।

तीन दिनदेखि भएको अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाका एक दर्जनभन्दा बढी बस्तिमा पानी पस्न थालेको छ।

बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर, गढौ लगाएतका बस्तीहरु डुवानको जोखिममा छन्। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदिमा पानीको बहाव उच्च हुँदै गएको छ।

स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई अवस्था हेरी बस्तिमा नदी पस्ने सक्ने संभावना भएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीले बाँध कटान गरे सुरक्षा निकालाई खवर गर्न, तयारी खाना जस्तो(चिउरा, दाल्मोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, बालबालिकालाई अभिभावकको साथबिना बाहिर निस्कन नदिन पनि स्थानीयलाई आग्रह गरिएको छ। 

सवारी साधन डुब्ने स्थिति भएमा समयमा सुरक्षित स्थानमा लैजान, महत्वपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न , जीर्ण कच्ची वा पक्की घरमा नबस्न, आपतमा तथा उद्धारको आवश्यक्ता परेमा तत्कल प्रहरीको १०० नम्वरमा खबर खर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.