बाढीले एकको मृत्यु, काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध

बाढीले एकको मृत्यु, काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध

हेटौंडा : मकवानपुरमा निरन्तर वर्षा र बाढीका कारण एक बालिकाको ज्यान गएको छ। एकजना बेपत्ता भएका छन्। मकवानपुर हुँदै काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीय छोरी सन्तमाया बलामीको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। 

खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

 
मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता भएका छन्। स्थानीय तारामाया पाख्रिन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका ५ का वडाध्यक्ष छेकु लामाले बताए। 

यसबैची निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले मकवानपुरबाट काठमाडौं जोड्ने चार  सडकअबरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। कुलेखानी–सिस्नेरी, फाखेल, त्रिभुवन राजपथ र कान्तिलोकपथ अबरुद्ध भएको हो। 

हेटौंडा नजिकै भीमफेदीको भैँसेस्थित बागझोरा खोलामा आएको बाढीले त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी सिस्नेरी सडक अबरुद्ध हुँदा सयौं यात्रु सास्ती ब्यहोर्न बाध्य छन्। 

केही बेहर पानी रोकिएर खहरे खोला सानो हुँदा यात्रुले खहरे खोला तरेपनि बागझोराको बाढीले बिहीबार साँझदेखि नै यातायात प्रभावित गरिरहेको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए।  कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका–८ गगटे, कालोपहिरो, लेनडाँडा सिमात खोला नजिकै पहिरो खस्दा राजपथ अवरुद्ध बनेको छ।

यता, बाढी र पहिरोका कारण मकवानपुरको पश्चिमी र पूर्वी क्षेत्रसँग यातायात सम्पर्क टुटेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.