सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित

सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित

धरान : अविरल वर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन्। डुबानमा परेका ३२५ घरका बासिन्दा पूर्ण रुपमा विस्थापित भएका छन्।

लगातारको वर्षाका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गडी, कोसी, बर्जु र देवानगन्ज गाँऊपालिकाका डुवानले जलमग्न भएका छन्। निरन्तर पानी परिरहेकाले डुबानमा परेकाहरूको उद्धार कार्यमा समेत कठिनाई भएको छ।

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सुनसरीका विभिन्न स्थानका ८१५ घर डुबानमा परेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार डुबानमा परेका मध्ये ३२५ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन्।

विस्थापित परिवारलाई नजिकैका छिमेकी, विद्यालय र सामाजिक संघसंस्थाहरूमा सुरक्षित रुपमा राखिएको एसपी पोखरेलले जानकारी दिए।

वर्षातकै कारण बुढीखोलामा आएको बाढी दुहबी नगरपालिकाका विभिन्न स्थानमा पसेर सयौं घर डुबानमा पारेको छ। हरिनगरमा बाटोको ढल निकास नभएका कारण दर्जनौँ बस्ती डुबानमा परेका छन्। इनरुवा नगरपालिकाको बवियामा समेत बाढीले दर्जनौँ घर डुबानमा परेको स्थानीयबासी जयकृष्ण यादवले बताए।

इटहरीमा पनि ढल निकास नभएका कारण दर्जनौ बस्ती डुबानमा परेका छन्। धरान उपमहानगरपालिकाको सेउती, सर्दु र विभिन्न खहरे खोला आसपासमा घर बनाएर बसेका दर्जनौँ सुकुम्वासी बस्ती पनि बाढीको चपेटामा परेका छन्।

अविरल वर्षातका कारण धेरै घर डुबानमा परेपछि जिल्लाभर उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाहरू उद्धारका लागि परिचालन गरिएको छ। पीडितहरूले सुरक्षित स्थानमा राख्न र उचित क्षतिपूर्ति दिन माग गरेका छन्।

सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पीडितलाई स्थानीय सरकारका तर्फबाट राहत वितरण भैरहेको बताए। उनले देशभर वर्षात भइरहेकाले बाढी पहिरो संभावित क्षेत्रका जिल्लावासीलाई सचेत हुन आग्रह गरे। निमित्त प्रजिअ गिरीले बाढी पीडितहरूको उद्धारका एकहजार २०० नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.