बाढीपहिरोकाे प्रकाेप : देशैभर ३२ को मृत्यु, १७ बेपत्ता
काठमाडौं : अविरल वर्षापछि आएकाे बाढीपहिरोका कारण देशैभर ३२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाे मुख्यालयले जारी गरेकाे सूचना अनुसार १७ बेपत्ता र १२ जना घाइते भएका छन्।
काठमाडौंमा १०८, उदयपुरमा १०, ललितपुरमा ८, सिन्धुलीमा दुई, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एक जना गरी ८३१ जनाको उद्धार भएको छ। घाइते खोटाङ, सुनसरी, रामेछाप, धादिङ, चितवन, दोलखामा एकएकजना घाइते छन् भने काभ्रेमा दुई र मकवानपुरमा चार गरी १२ जना घाइते छन्।
सिन्धुलीमा चार, भोजपुरमा तीन, सुनसरी दुई तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक-एक जना गरी १७ जना बेपत्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस !