आन्तरिक छलफलमा देउवा

आन्तरिक छलफलमा देउवा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेतासँग शनिबार बिहान अनौपचारिक बैठक गरेका छन्। पार्टीमा विरोधी नेताहरू रणनीतिक छलफलमा निरन्तर जुटेपछि देउवाले पनि अनौपचारिक बैठक थालेका हुन्।

केन्द्रीय समिति सुरू भइसकेकाले र महाधिवेशनको एजेन्डासमेत बैठकमा प्रस्तुत भएकाले कसरी अघि बढ्ने सन्दर्भमा उनले शनिबार छलफल गरेको बैठकमा सहभागी एक नेताले बताए। गएको आइतबार सुरु कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार दोस्रो पटक बसेको थियो। पार्टी संरचना निर्माणदेखि भ्रातृ संस्थाहरूको सन्दर्भ, १४ औं महाधिवेशनको कार्यतालिका निर्माणलगायत एजेन्डा बैठकमा प्रस्तुत भए। केन्द्रीय समिति आइतबार फेरि बस्नेछ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा शनिबारको छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार केन्द्रीय समिति जारी रहेकाले सभापतिले छलफल गर्न केही नेतालाई बोलाएका थिए। ‘केन्द्रीय समिति जारी छ, १४ एजेन्डा प्रस्तुत भएका छन्। त्यही सन्दर्भमा शनिबार बिहान बूढानीलकण्ठमा छलफल भयो’, उनले भने।

केन्द्रीय समिति बस्ने भएपछि सभापति देउवामाथि कसरी दबाब सिर्जना गर्न सकिन्छ विरोधी पक्षधर नेताहरूले तीनपल्ट सामूहिक छलफल गरेका छन्। ती बैठककै परिणामस्वरूप जारी केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका बनाउने विषयले प्रवेश पाएको छ। नियमावली समितिका संयोजकसमेत रहेका नेता लेखकले पार्टीको महाधिवेशनबारे पनि देउवा निवासमा शनिबार छलफल भएको स्विकारे। तर त्यसबारे उनले विस्तृत विवरण दिएनन्। ‘महाधिवेशनमा जान धेरैै काम गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यो कसरी गर्ने भन्ने समेत हामीले छलफल ग¥यौं।’

समिति बैठकले कांग्रेसले नियमावली पारित गरेपछि अन्तरिम व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहमा कांग्रेसले संरचना निर्माणको कार्यतालिका बनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विरोधी नेताले महाधिवेशनमा अडान लिएपछि सभापति देउवा पार्टीका अन्तरिम संरचना बनाइसकेपछि महाधिवेशनको कार्यतालिका बनाइ अघि बढ्ने प्रतिबद्धता केन्द्रीय समितिको पहिलो दिनको बैठकमा गरेका थिए।

लेखक नेतृत्वको नियमावली समितिले बैठकमा पेस गरेको मस्यौदामा सभापतिविरोधी नेताले तीव्र असन्तुष्टि जनाएका छन्। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेलसहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, मीनेन्द्र रिजाल, गगन थापालगायत नेताले नियमावलीमा उल्लेखित लेभी लगाउने, अनुशासनसम्बन्धी व्यवस्थालगायतमा असन्तुष्टि व्यक्त गरेका हुन्।

साथै नियमावलीले परिकल्पना गरेको जातिय शुभेच्छुक संस्थाका सन्दर्भमा समेत उनीहरूले असन्तुष्टि जनाएका थिए। लेभीको प्रावधानले कांग्रेसमा सैद्धान्तिक विचलन नै आउने प्रश्न बैठकमा उठेको थियो। संयोजक लेखकले बैठकमा पेस गरेको नियमावली मस्यौदा मात्र भएको र त्यसमा आउने सुझावका आधारमा परिमार्जन गरेर नियमावली पारित हुन सक्ने बताए। यसबारे समेत शनिबार देउवा निवासमा छलफल भएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.