गुड्न नपाउँदै बाढीले भत्कायो रेलको लिक

गुड्न नपाउँदै बाढीले भत्कायो रेलको लिक

जनकपुरधाम  : रेल गुड्न नपाउँदै जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्काएको छ। अविरल वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेर रेलको लिक भत्काएको हो। 

पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमलाको पानीले लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले जानकारी दिए। 

जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको ओझाले जानकारी दिए।

इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले लिक ट्रयाक बगाएको छ। बाढीले रेलको ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको ओझाले बताए। 

अत्याधिक वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खालसमेत भत्किएको छ।  बाढीबाट भएको क्षतिबारे अनुगमन तथा निरीक्षण कार्य भइरहेको उनले बताए। 

बहुप्रतीक्षित जयनगर-जनकपुर रेल सेवा असोजदेखि नै सञ्चालनको तयारी थियो। रेल विभागले भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग रेल खरिद सम्झौतासमेत गरिसकेको छ। 

८५ करोड रुपैंयाँको दुईवटा इन्जिनसहित दुई रेल खरिद गरिने जनाइएको छ। रेल्वे परियोजनामा भारत सरकारको करिब १० अर्ब लगानी छ। बाढीले लिक भत्काएपछि रेल सञ्चालनको लक्ष्य समयमै बन्ने अवस्था छैन। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.