साउनमा मेहेंदी र यसको सुरुवात (तस्बिरसहित)

साउनमा मेहेंदी र यसको सुरुवात (तस्बिरसहित)

काठमाडौं : साउन महिना सुरु भयो। साउन भन्नेबित्तिकै तपाईंको मस्तिष्कमा के आउँछ ? हराभरा प्रकृति या हरिया चुरा र मेहेंदीले भरिएका हातहरु?

आजभोली साउन प्रकृतिमा हरियालीमात्र लिएर आउँदैन। अधिकांश महिलाका हातहरुमा छिनछिन बज्ने चुरा र कलात्मक मेहेंदीका बुट्टा पनि ल्याउँछ। पहेँला, हरिया कपडामा सजिएर शिव मन्दिरमा लस्कर लाग्ने मानिसको ताँती पनि लिएर आउँछ। 

मेहेंदीका कलात्मक बुट्टाले भरिएका हातहरु साउनको सौन्दर्य अभिन्न अंग मानिन थालेको छ। मेहेंदी साउनमा मात्र नभएर तीज, विवाह, इद लगाएतका अन्य शुभ कार्य र पर्वमा पनि लगाइन्छ। मेहेंदी लगाउनेको संख्या नेपालमा दिनानुदिन फैलिँदै गएको छ। साउनमा अनिवार्यजस्तै बनेको मेहेंदी नेपालको आफ्नै संस्कार भने होइन। यो भारतबाट नेपाल भित्रिएको संस्कार हो।

मेहेंदीको सुरुवात भारतमा १२ औं शताब्दीमा मुगल सल्तनतको आगमनपश्चात् भएको मानिन्छ। मुगल रानीहरु आफ्नो हात मेहेंदीका कलात्मक बुट्टाले रंगाउन निकै रुचाउँथे । बिस्तारै यो संस्कार हिन्दु महिलाले पनि अवलम्बन गरेको पाइन्छ। 

हिन्दु लोककथामा पनि मेहेंदीको सुरुवातको बारेमा वर्णन गरिएको छ। परापूर्व कालमा राक्षसले स्वर्गमा गएर देवताहरुलाई दुख दिन थाले। राक्षसबाट पीडित देवताले साहाराको लागि दुर्गालाई पुकारे। दुर्गाले महाकालीको रुप धारण गरेर दानवको विनाश गर्न लागिन्। दुर्गाले धारण गरेको महाकालीको रक्तिम रुप देखेर देवताहरु डराए। उनको भयंकर रुप शान्त पार्न इन्द्रलाई पुकार्न गए। इन्द्रले देवताहरुलाई शिवसँग सहायता माग्ने मार्ग देखाए।  
 
देवताहरुको डरको बारेमा बताउँदै शिवले दुर्गालाई शान्त हुन बिन्ती गरे। शिवको आग्रहपछि दुर्गाले आफ्नो शरीरबाट सुर सुन्दरी नामक रुपवती देवी प्रकट गरिन्। यिनै  देवी मेहेंदीरुप धारण गरेर दुर्गाको शरीरमा लागिन्। मेहेंदीको सुन्दरताले दुर्गा खुसी भएर उनलाई आउने समयमा तिमीलाई औषधिको रुपमा प्रयोग गरुन्, महिलाले सुन्दरताको लागि प्रयोग गरुन्, शुभ कार्यमा तिम्रो लोकप्रियता फैलियोस्  भन्ने आशिष दिइन्। त्यसपछि मेहेंदी विवाह लगाएतको शुभकार्यमा प्रयोग हुन लागेको मान्यता पाइन्छ।

मेहंदीका इतिहास (सुरुवात) जहाँबाट जसरी भए पनि अहिले यो सबै धर्म र संस्कृतिका मानिसको बीचमा लोकप्रिय बनेको छ। कुनै समय महिलाको सौन्दर्य साधन मानिने मेहेंदी हिजो आज पुरुषले पनि लगाउन थालेका छन्। विवाहमा महिला, पुरुष दुवैका हात मेहेंदीले सजिएका हुन्छन्। ईदमा मुस्लिम समुदायका महिला, पुरुष दुवैको हातमा मेहेंदीको रंग चढेको पाइन्छ। मेहेंदीलाई सुहागको संकेत पनि मानिन्छ। हातमा चढेको मेहेंदीको रंगको आधारमा पतिको मायाको गाढापन नाप्ने चलन पनि समाजमा छँदै छ।

धर्म मान्यताबाहेक अहिले मेहेंदी कलाको रुपमा पनि विकसित भएको छ। कयौं मानिसको रोजगारीको माध्यम बनेको कुरालाई पनि नकार्न मिल्दैन। - एजेन्सीको सहयोगमा

न्युराेडमा मेहेंदी लगाउँदै गर्दा अन्नपूर्ण पाेष्ट्का विकास कार्कीको क्यामरामा कैद भएका तस्बिरहरु :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.