बेहोसीमा उदित
काठमाडौं : कालजयी स्वरका धनी उदितनारायण झाले लामो समयको अन्तरालपछि नेपाली सुगम गीतमा आवाज दिएका छन् । नेपाली दर्शकको मन–मुटुमा बस्न सफल गायक झाले सत्याकृत ब्यान्डको प्रस्तुतिमा ‘होशमा बेहोशी’ बोलको गीतमा आवाज भरेका हुन् ।
गीतको म्युजिक भिडियो, रेकर्डिङ, मिक्सिङ, मास्टरिङलगायत सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन गोपाल रसाइलीको छ । गीतको म्युजिक भिडियो निर्देशन÷सम्पादन पनि विजय गौतमले गरेका हुन् ।
रेकर्डिङका क्रममा गायक झाले करिअरमा मिठो गीत गाएको बताएका थिए । उनले गायनका लागि निकै चुनौतीपूर्ण रहेको यो गीत पशुपतिनाथको कृपाले गाउन सहज भएको प्रतिक्रियासमेत दिएका थिए । गायक झाले गाएको गीत‘ श्री हजुर’ महिमामा आधारित छ ।
सत्याकृत ब्यान्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युट्युब च्यानलमा रिलिज गरिएको छ । यसअघि पनि सत्याकृत ब्यान्डले भक्ति, प्रेम र सत्य भावका गीतसंगीत दर्शकसामु पस्किँदै आएको छ ।
देवताहरुको डरको बारेमा बताउँदै शिवले दुर्गालाई शान्त हुन बिन्ती गरे । शिवको आग्रहपछि दुर्गाले आफ्नो शरीरबाट सुर सुन्दरी नामक रुपवती देवी प्रकट गरिन् । यिनै देवी मेहेंदीरुप धारण गरेर दुर्गाको शरीरमा लागिन् । मेहेंदीको सुन्दरताले दुर्गा खुसी भएर उनलाई आउने समयमा तिमीलाई औषधिको रुपमा प्रयोग गरुन्, महिलाले सुन्दरताको लागि प्रयोग गरुन्, शुभ कार्यमा तिम्रो लोकप्रियता फैलियोस् भन्ने आशीष दिइन् । त्यसपछि मेहेन्दी विवाह आदि शुभकार्यमा प्रयोग हुन लागेको भन्ने मान्यता पाइन्छ ।
मेहेंदीको सुरुवात जहाँबाट जसरी भए पनि अहिले यो सबै धर्म र संस्कृतिका मानिसको बीचमा लोकप्रिय बनेको छ कुनै समय महिलाको सौन्दर्य साधन मानिने मेहेंदी हिजोआज पुरुषले पनि लगाउन थालेका छन् । विवाहमा महिला पुरुष दुवैका हात मेहेंदीले सजिएका हुन्छन् । ईदमा मुस्लिम समुदायका महिला पुरुष दुवैको हातमा मेहेंदीको रंग चढेको पाइन्छ । मेहेन्दीलाई सुहागको संकेत पनि मानिन्छ । हातमा चढेको मेहेंदीको रंगको आधारमा पतिको मायाको गाढापन नाप्ने चलन पनि समाजमा छँदै छ ।
धर्म मान्यताबाहेक अहिले मेहेंदी कलाको रुपमा पनि विकसित भएको छ । कयौं मानिसको रोजगारीको माध्यम बनेको कुरालाई पनि नकार्न मिल्दैन ।
एजेन्सीको सहयोगमा ।