सेफ्टी अडिटपछि मात्र नेपाल वायुसेवा निगमको चीन, साउदी र कोरिया उडान

सेफ्टी अडिटपछि मात्र नेपाल वायुसेवा निगमको चीन, साउदी र कोरिया उडान

काठमाडौं : राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमका तीन गन्तव्य चीन, साउदी अरब र कोरियाको उडान सेफ्टी अडिटपछि मात्रै हुने भएको छ। निगमको अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि युरोपेली युनियन (ईयू) र सम्बन्धित देशले गर्ने सेफ्टी अडिट नगरिसकेकाले त्यसपछि मात्रै हुने भएको हो।

निगमको जापान उडान पनि भदौ १४ बाट हुने भएको छ। असार १९ गतेबाट जापान उडान गर्ने तय भए पनि तयारी नपुगेकाले भदौ १४ लाई सारिएको हो।

नेपालको वायुसेवालाई ईयूले सुरक्षा सूचीमा राखेको र यसबाट नहटेसम्म थप अन्तर्राष्ट्रिय उडानको अनुमति रोकिएको निगमको भनाइ छ। निगमले तयारी गरेको तीनवटै अन्तर्राष्ट्रिय उडानका लागि सम्बन्धित वायुसेवाले गर्ने अडिटपछि मात्रै उडानको टुंगो लाग्ने भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

ईयूले नियामक निकाय र सम्बन्धित वायुसेवा दुवैको अडिट गर्छ। टोली आउने मिति तय नभएको भए पनि नियमित अपडेट भने लिइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट स्ट्यान्डर्ड विभागले जानकारी दिएको छ। विभागका अनुसार ईयूको टोलीले नियमित सूचना र जानकारी लिइरहेको उल्लेख छ।

निगमको थप अन्तर्राष्ट्रिय उडानका लागि सम्बन्धित देशले अडिट गरेर उडान अनुमति दिने गर्छ। यसअघि हिमालय एयरलाइन्सले चीन उडानको अनुमति माग्दा पनि उक्त देशले नेपाल आएर वायुसेवाको अडिट गरेको थियो। अहिले वायुसेवाले मागेको अनुमतिका लागि सम्बन्धित देशको अडिट आवश्यक परेको हुनसक्ने जानकारी विभागले दिएको छ।

वायुसेवा निगमका अनुसार चीनको ग्वानझाओका लागि मागिएको अनुमतिमा प्रारम्भिक स्वीकृति दिएको भए पनि उडान तालिका स्वीकृत गरेर नियमित उडानको अनुमतिको मिति तय गर्न अडिटको प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। यसका लागि चीनले आफ्नो सेफ्टी अडिटको टोली आएपछि त्यसले दिएको प्रतिवेदनका आधारमा मात्रै उडान तालिका तय हुनेछ। निगमका अनुसार ईयूले उठाइरहेकै विषयलाई चीनले पनि चासो देखाएको छ। चीनले गर्ने अडिटपछि प्रतिवेदन आउन कम्तीमा तीन महिना लाग्ने भएकाले सो देशमा गर्ने उडान अनुमतिको मिति तय गर्न समस्या भएको छ।

निगमका अनुसार चीनले जस्तै दक्षिण कोरिया र साउदी अरबले पनि सेफ्टी अडिट गर्ने भएको छ। साउदी अबरका लागि आगामी सेप्टेम्बरमा अडिट टोली आउने जानकारी निगमले दिएको छ।

साउदीको जीएसए बन्न पाँच कम्पनी आए

निगमले साउदी अरेबियाका लागि माग गरेको यात्रु तथा कार्गो उडानको जनरल सेल्स एजेन्ट्स (जीएसए)मा पाँच कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ। निगमले यही असार ८ गते मागेको प्रस्तावमा पाँचवटा कम्पनीले आवेदन दिएका छन्। आवेदन दिएका पाँचवटै कम्पनी जीएसएका लागि योग्य भएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार छनोट भएका लिजर कार्गो एफजेडको महरा ट्राभल एन्ड टुरिजम, ज्याज एभिएसन, अल जजिराह अल अरेबिया ट्राभल एन्ड टुरिजम र अरेबियन कम्पनी फर ट्राभलर सर्भिसले निगमले मागको अनलाइन जीएसएको लागि आवेदन दिएका थिए। पाँचैवटा कम्पनीलाई निगमले आपसी वार्ताबाट तय गर्ने गरी सोमबार सार्वजनिक सूचना जारी गरेको छ।

निगमका सहप्रवक्ता कोइरालाका अनुसार पाँचवटै कम्पनीलाई वार्तामा बोलाइएको छ। निमगले तोकेको सर्त पूरा गर्ने र पाँचै वटाबाट जसले उत्कृष्ट सेवा दिने घोषणा गर्छ उसैलाई जीएसएको जिम्मेवारी दिइनेछ। यसका लागि आवश्यक वार्ता र सहमति एक महिनाभित्र टुंगो लागिसक्नेछ। यसै जीएसए तय भए पनि उडानका लागि सम्बन्धित देशसँग अनुमति माग हुनेछ। उडान अनुमतिको समय तय गर्न जीएसए चाहिने भएकाले निगमले आवश्यक तयारी गरिरहेको हो।

निगमका अनुसार आगामी दसैंसम्म साउदी अरेबियामा उडान गर्ने गरी तयारी गरिएको छ। निगमले चीनका लागि बेइजिङ लङवे र दक्षिण कोरियाका लागि भने प्यासिफिक एयर एजेन्सीलाई जीएसए तय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.