दक्षिण एसियाली शारीरिक सुगठन आजदेखि

दक्षिण एसियाली शारीरिक सुगठन आजदेखि

काठमाडौं : बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए) को तŒवावधान तथा फिटनेस महासंघ (एसएबीबीएफ) को आयोजनामा नेपालमा तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीनदिने प्रतियोगिता कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र आयोजक नेपालका गरी एक सय ३० जनाको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालबाट १८ पुरुष र पाँच महिला गरी २३ जनाको सहभागिता रहने एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी १८ स्पर्धा समावेश गरिएको छ । यसअघिका प्रतियोगितामा शारीरिक सुगठन खेल मात्र समावेश भएकोमा नेपालले पहिलो पटक पुरुष तथा महिला विधाको प्रतिस्पर्धा पनि सुरु गरेको हो ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिटनेस फेडरेसनका अध्यक्ष प्रशान्त आप्तेले एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सात लाख भारु प्रदान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.