पढाउने कि सिकाउने ?

पढाउने कि सिकाउने ?

शिक्षक समाजका अग्रज व्यक्तित्व हुन्। उनीहरूको प्रभाव विद्यार्थी मात्रमा पर्दैन, समाजमा पनि पर्छ। विद्यार्थीले त शिक्षकका धेरै कुराको नक्कल गरिरहेको हुन्छ। एउटा डाक्टरको सानो गल्तीले बिरामीको जीवन तलमाथि हुन सक्छ। त्यस्तै एउटा शिक्षकको गल्तीको असर विद्यार्थीको सिंगो जीवन र समाजमा पनि पर्छ। त्यसैले शिक्षकले सकेसम्म गल्ती गर्नु हुँदैन। शिक्षकको पूर्वतयारी हुनुपर्छ। बाल मनोविज्ञान बुझेर विद्यार्थीलाई सिकाउनुपर्छ। बालबालिकालाई पढाउने होइन, सिकाउनुपर्छ। सिकाउने विभिन्न विधि हुन्छन्। कुन विषयवस्तुलाई कुन विधि सुहाउँछ वा मिल्छ ? मिल्ने विधि लागू गर्नुपर्छ। बढीभन्दा बढी प्रोजेक्ट विधि लागू गर्नुपर्छ।

शिक्षकले हरेक दिन मैले के सिकाएँ भनेर आफ्नो समीक्षा आफैं गर्नुपर्छ। आपूmले सिकाएको विषय विद्यार्थीले कति सिके भनेर मूल्यांकन गर्नुपर्छ। मूल्यांकन दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, वार्षिक रूपमा पनि गर्नुपर्छ। तर मूल्यांकन र परीक्षा फरक विषय हुन्। सिकाएका विषयवस्तुको मापन गर्नुपर्छ। मापन गर्दा सिकाइमा कमजोरी देखिएमा ब्रिज कोर्समार्फत अगाडि बढाउनुपर्छ।

मूल्यांकनका क्रममा विद्यार्थीको जाँच लिइन्छ। परीक्षालाई अंकमा मापन गरिन्छ। मापनपछि कतिपय विद्यार्थी अनुत्तीर्ण हुन्छन्। परीक्षाका कारण विद्यार्थीलाई निरुत्साहित बनाइन्छ। हाम्रो शिक्षा प्रणालीको यो गम्भीर चुनौती हो। शिक्षक नम्र भाषित, हँसिलो मुहार, स्वस्थ (शारीरिक, मानसिक, सामाजिक, सांस्वृmतिक, आर्थिक रूपमा) हुनुपर्छ। विद्यार्थीसँग रिसाउने, ईष्र्या गर्ने, बदला लिनेजस्ता क्रियाकलाप शिक्षकले आफ्नो शब्दकोशबाटै हटाइदिनुपर्छ। शिक्षकहरू आफूलाई समाजको सबैभन्दा ठूलो मान्छे हौं भन्ठान्छन्। उनीहरू अभिभावकसँग बोल्न, अभिवादन गर्न समाज र समुदायको राय–सुझाव लिन हिच्किचाउँछन्। कसैले अभिवादन गरे, सुझाव दिए भने त्यसलाई बेवास्ता गर्छन्। शिक्षकहरू विनातयारी कक्षाकोठामा पढाउन जान्छन्। कक्षामा जुन बेला होहल्ला भइरहेको हुन्छ, त्यतिबेला आम विद्यार्थीले शिक्षकले पढाएको कुरा सुनेका र बुझेका हँुदैनन्। शिक्षकले बुझ्यौ भनेर सोध्छन् र विद्यार्थीले बुझ्यौं भन्छन्। होमवर्क दिइएको हुँदैन। दिए पनि जाँचेको हुँदैन। कक्षाबाट निस्किरहन्छन्।

आजका युवालाई साक्षर हुने पढाइ होइन, सीपमा दक्ष बनाउन जरुरी छ।

कतिपय शिक्षक विद्यार्थीले प्रश्न उठाएमा आफ्नो अपमान भएको ठानी रिसाउने, विद्यार्थीलाई पिट्ने गर्छन्। त्यसो भए कस्ता शिक्षक योग्य र सक्षम हुन्छन् ? के शिक्षकले सबै विषयवस्तु जानेका हुन्छन् ? अहँ हुँदैनन्। इमानदार शिक्षकहरू त अध्ययन, खोजी गरी समस्या निराकरण गर्छन्। यस्ता शिक्षक योग्य र सक्षम हुन्छन्।

विकसित देशमा शिक्षकलाई सर्वमान्य आदर्श पात्रका रूपमा लिइन्छ। अर्थात् शिक्षकहरू पूजनीय, माननीय हुन्छन्। नेपालमा भने शिक्षकलाई अपहेलित पात्रका रूपमा लिइन्छ। अन्य सेवामा असफल भएपछि मात्र शिक्षक पेसा अपनाउँछन्। यस्ता व्यक्तिले पढाएको विद्यार्थी कसरी योग्य र सक्षम हुन सक्लान् ? यस्तै शिक्षकका कारण आम शिक्षकले अपमानित पात्र हुनुपरेको छ। यस्तो अपमान अधिकांशतः स्थानीय शिक्षकहरूले भोग्नुपर्छ।

शिक्षक पेसालाई सम्मानित बनाउनुपर्छ। प्रत्येक दुई वर्षमा शिक्षकहरूलाई आवश्यकताअनुसार स्थानान्तरण गरिनु पर्छ। यसले शिक्षकमा नयाँ ऊर्जा थपिदिन्छ। तर हाम्रो शिक्षक राजनीतिक शक्तिको आडमा आपूmअनुकूलको ठाउँमा सरुवा भएका प्रशस्तै घटना छन्। यस्तो प्रवृत्ति यथाशीघ्र रोकिनुपर्छ। शिक्षकले राजनीति गर्न हुन्छ। तर, राजनीतिको आडमा शक्तिको पुजारी बन्दा पनि शिक्षक अपमानित हुन पुग्छन्।

शिक्षकले नियमित कक्षामा उपस्थित हुने, पाठयोजना बनाएर अध्यापन गराउने, नियमित प्रोजेक्ट बनाएर बढीभन्दा बढी विद्यार्थीलाई खोजी गर्न र समस्याको हल गर्न लगाउने गर्दा विद्यार्थीले बढी सिक्ने अवसर पाउँछन्। शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्ने, अन्त्यमा समस्याको हल उनीहरूको निष्कर्षलाई टेकेर गर्ने, विद्यार्थीको समूह बनाई र समूहमार्फत समस्या हल गर्न लगाउने हो भने उनीहरूले धेरै सिक्ने अवसर पाउनेछन्। विश्व नयाँ संसारमा प्रवेश गरिसकेको छ। तर हामी भने पुरानै शैली र शिक्षण पद्धतिमा रमाइरहेका छौं। एकेडेमी पूरा गरेका छौं, तर आपूmलाई नयाँ आयाममा अपडेट गराउन सकेका छैनौं। शिक्षकले समयसापेक्ष अपडेट भइराख्नुपर्छ। नयाँनयाँ विषयको खोजी गरी कक्षाकोठामा प्रस्तुत गर्नुपर्छ। कक्षाकोेठाको वातावरण रमाइलो बनाउनुपर्छ। यसले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सकारात्मक हुन्छ। यसले शिक्षकलाई विद्यार्थीका समस्या मनोवैज्ञानिक उपचारबाट सहजरूपमा हल गर्न सक्छन्।

स्थानीय पाठ्यक्रममा जोड दिनुपर्छ। स्थानीय आवश्यकता र मागको पहिचान गरी शिक्षकले विद्यार्थीलाई व्यावहारिक, सामाजिक, समयासापेक्षित, वैज्ञानिक शिक्षा दिनुपर्छ। हाम्रा पाठ्यक्रम पाठ्यपुस्तक केन्द्रीवृmत छन्। स्थानीय आश्यकता पहिचान नगरी बनाइएका छन्। यसैकारण हाम्रा विद्यार्थी कुहिरोको कागजस्तै अलमलमा परेका छन्। विद्यार्थीलाई साक्षर मात्र बनाउने खालको शिक्षाका कारण हाम्रा युवा स्वदेशमा रोजगार पाएर खाडी मुलुकमा तातो हावामा काम गर्न पुगेका छन्। तसर्थ आजका युवालाई साक्षर हुने पढाइ होइन, सीपमा दक्ष बनाउन जरुरी छ। स्थानीय, अन्तर्राष्ट्रिय भाषामा पनि निपुण तुल्याउनुपर्छ। तब मात्र हाम्रा युवाले विदेश या स्वदेशमै रोजगार नपाएर भौंतारिनुपर्ने अवस्था नआउला।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.