पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण सम्पन्न

पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण सम्पन्न

सिमरा : मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण सम्पन्न भएको छ । योजनाको पहिलो परीक्षण शुक्रबार बिहान ६ बजे सम्पनन भएको हो । 

 
पाइपलाइनको परीक्षण बुधबारबाट सुरु गरिएको थियो । भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा डिजेल पठाएको पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए ।  

पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर डिजेल पठाइएको प्राविधिक प्रमुख यादवले जानकारी दिए । पठाइएको मध्ये १ लाख लिटर अमलेखगञ्ज डिपोमा राखिने र बाँकी २१ लाख लिटर पाइपमै रहने उनले बताए ।

परीक्षणका लागि भारतबाट २० जना र नेपाल आयल निगमका १० जना प्राविधिक आएका थिए ।

१५ महिनाअघि सुरु भएको पाइपलाइन योजनाको शिलान्यास नेपाल र भारतका प्रधानमन्त्रीले गरेका थिए । पहिलो परीक्षण तोकिएको समयभन्दा ८ महिनाअघि नै सम्पन्न भएको बताइएको छ । पटनाबाट अमलेखगञ्जसम्म रहेको यो पाइपलाइनको कुला लम्बाइ २७८ किमी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.