कांग्रेसमा पैसाको आडमा अवसर लिने प्रवृत्ति हावी भयो : नेता महत

कांग्रेसमा पैसाको आडमा अवसर लिने प्रवृत्ति हावी भयो : नेता महत

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पार्टीमा गुटबन्दी हावी हुँदा इमान्दार नेता कार्यकर्ता पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।

गुटबन्दीसँगै पैसाको आडमा राजनीतिक अवसर लिने प्रवृत्ति हावी भएको भन्दै यसले पार्टीलाई कमजोर बनाइरहेको उनको टिप्पणी थियो । कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७औं स्मृति दिवसको अवसर बीपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता महतले भने, ‘अहिले हाम्रो पार्टीमा गुटबन्दी गहिरिँदै गएको छ, त्यती मात्र नभएर पैसाको आडमा पार्टीमा अवसर लिने प्रवृत्ति पनि बढ्दैगएको छ । कांग्रेसलाई बलियो बनाउने हो भने गुटगत राजनीतिभन्दा माथि उठेर बीपीका आदर्श र आचरण अपनाउनुपर्छ ।’ उनले बीपीका आदर्श र तत्कालीन राजनीतिमा बीपीको योगदान बारे चर्चा गरेका गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.