प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

हेटौडा : प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं महानगरपालिका १४ कलङ्कीका थपलियालाई बुधबार नियुक्तिका लागि सिफारिस गरेका हुन्।

यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए। मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ।

बत्तीस वर्षअघि अभिवक्ता बनेर कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता भएका थिए।

तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनले राजनीति शास्त्रमा एमए र कानुन विषयमा एलएलएम गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.