जीपको ठक्करले मान्छेको मृत्यु भएपछि भागेका चालक पक्राउ

जीपको ठक्करले मान्छेको मृत्यु भएपछि भागेका चालक पक्राउ

दमौली : तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भयो । तर, जीप भने फरार भयो। प्रहरीले सीसीटीभी फुटेजका आधारमा शुक्रबार जीप चालकलाई नियन्त्रणमा लिएको छ । बाग्लुङको बुर्तिवाङबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जीपलाई  आँबुुखैरेनी प्रहरीले शुक्रबार नियन्त्रणमा लिएकोछ हो । 

जीपले बिहीबार बिहान सवा पाँच बजे आँबु २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा स्थानीय पानी घट्टा घर भएका ७९ वर्षका खड्गबहादुर दर्लामीको ज्यान गएको थियो । 

बिहानै भएको घटनालगत्तै चालक फरार भएकाले प्रहरीले पहिचान गर्न सकेको थिएन । प्रहरीले राजमार्गको सीसीटीभी फुटेज अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन । 

सोही सवारीको धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक महेशराज पाठकले बताए । 

जीपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालक बाग्लुङ गल्कोटका २४ वर्षका दीपक दर्जीलाई पक्राउ गरेको हो । चालक दर्जीले मानिसको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । प्रहरीले चालक दर्जीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.