गैरजिम्मेवार ठेकेदार : पुल अलपत्र, भर डुंगाको

गैरजिम्मेवार ठेकेदार : पुल अलपत्र, भर डुंगाको

गौर : लालबकैया नदीको टिकुलिया घाटमा पक्की पुल निर्माण अलपत्र छ। पुल नबनेकाले रौतहटका गौर र इशनाथ नगरपालिका क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन्। इशनाथका चार वडासँग बाढीका बेला केही दिन सम्पर्कसमेत टुट्यो। सदरमुकाम गौरबाट उद्धार टोली समयमा पुग्न सकेन।

‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य ग्रिसनन्दन सिंहले भने, ‘डुंगासमेत चलाउने अवस्था नभएपछि गाउँको सम्पर्क टुट्यो।’ तीन किलोमिटर दूरीको गाउँमा तीन दिनपछि मात्रै उद्धार टोली पुगेको थियो। यही पुलको पिलरमा डुंगा ठोक्किएर गत भदौमा पाँच यात्रुको ज्यान गएको थियो।

सम्झौताअनुसार डेढ वर्षअघि पुल बनाइसक्नुपर्थ्यो। हिउँदमा निर्माणाधीन पुलनजिकै बाँसको अस्थायी पुल बनाएर स्थानीय आवतजावत गर्छन्। वर्षाको समय नदीमा बाढी आउँदा जोखिम मोलेर डुंगाको यात्रा गर्न बाध्य छन्।

पुल पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। अघिल्लो आवमा विभिन्न कारण देखाउँदै उसले काम गरेन। गएको वर्ष काम गरेको थियो तर सुस्त गतिमा। ‘पुलको स्पानको काम भइरहेको छ’, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर श्यामनारायण झाले भने, ‘ठेकेदारले चाँडोभन्दा चाँडो निर्माणको काम सक्नुपर्ने हो।’

डेढ वर्षअघि सम्झौता म्याद सकिएको थियो। सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाख लागतमा गौरबाट औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ, ७.२ मिटर चौडाइको पुल बनाउन ठेक्का आह्वान भएको थियो। पप्पुले २०७१ असार २९ गते १४ करोड ९३ लाखमा सम्झौता गरेको थियो। २०७१ कात्तिक २९ गते शिलान्यास गरिएको पुल २०७४ माघ २९ मा निर्माण सम्पन्न हुनुपथ्र्यो।

लालबकैयामा ठूलो बाढी आएकाले डुंगाबाट जान सम्भव नभएको जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताए। उनका अनुसार तीन दिनमा पानी घटेपछि राहतका सामग्रीसहित सुरक्षाकर्मी टोली बन्जारहा पुगेको थियो।

पप्पु कन्स्ट्रक्सनका इन्जिनियर सुरेन्द्र यादवले असारमै काम सम्पन्न हुने दाबी गरेका थिए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित रौतहटबाट निर्वाचित जनप्रतिनिधिले पुल अवलोकन गर्दै आएका छन्। पुल नबन्दा इशनाथका बासिन्दाले समस्या भोग्दै आएको मेयर सन्तोष मेहताको भनाइ छ। विपत्का बेला बाटो नभएकाले धेरै समस्या भएको उनले बताए। उनका अनुसार बाढीले नगर क्षेत्रका २ हजार घरमा क्षति पुर्‍याएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.