दोलखामा पहिरोले २ घर बगायो

दोलखामा पहिरोले २ घर बगायो

चरिकोट : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा गएराति आएको पहिरोले २ घरसहित २६ चौपाया बगाएको छ। शुक्रबार राति साढे ११ बजेतिर खसेको पहिरोले सुसिनटारस्थित राजेन्द्र थामीका २ घर बगाएको हो। 

प्रहरीका अनुसार पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना र नगद समेत बगाएको दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए। घर अगाडी पार्किङ गरिएको लु३त २३०४ नम्बरको  ट्रयाक्टर र होमबहादुर श्रेष्ठको बा१७प ६५०२ नम्बरको मोटरसाइकल समेत बगाएको प्रहरी निरीक्षक महतले जानकारी दिए। 
    

पहिरोल ३वटा गाई, २३वटा बाख्रा र ५वटा कुखुरा सहित अन्य चौपाया पनि बगाइएको दोलखाका प्रहरी निरीक्षक महतले जानकारी दिए। पहिरोले करिब ३५ रोपनी जमिन पुरै बगाएको छ। मकै र कोदो गरी करिब ५० पाथी अन्न, खानेपानीका पाइप करिब २० मिटर, २ वटा माछा पोखरी पनि बगाएको छ। 

पहिरोका कारण करिब ७२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। पहिरोले मानवीय क्षति नभएपनि आसपासको करिब २ किलोमिटर क्षेत्र अझै जोखिम रहेकोले बसोबासको सम्भावना नभएको सिंगटी इलाका प्रहरी कार्यालयले जनाएको छ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.